खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७७
nwes pkr nwsc

पोखरा । नेपाल खानेपानी संस्थानले ३२ औं वार्षिकोत्सव अवसरमा खानेपानी संस्थान पोखरा शाखा र हेमजा शाखाले रमाइलो कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा घैटो फुटाउने, गोलाप्रथाद्वारा कर्मचारीलाई पुरस्कृत गरिने लगायत कार्यक्रम भएको पोखरा शाखाका प्रशासन प्रम्ुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । कार्यक्रममा अनिल शर्मा सुवेदी, बमबहादुर राना, शिवप्रसाद पौडेल र सुरेन्द्र सिल्पकार प्रतियोगिता विजयी भए ।

पोखरा शाखाका कार्यालय प्रमुख इ. आशीष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा हेमजा शाखाका कार्यालय प्रमुख दिनेश्वरप्रसाद यादवले स्वागत र कर्मचारी केदार धमला र अच्युत घिमिरेले सञ्चालन गरेका थिए ।

नेपाल खानेपानी संस्थानमा कार्यरत मिटररिडर कलबहादुर थापालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । प्यारालाइसिस बिरामी थापालाई कार्यरत कर्मचारीबाट संकलित रकम प्रदान गरिएको हो ।

खानेपानी संस्थान कर्मचारी संघको अगुवाइमा संकलित रकम पोखरा शाखा प्रमुख आशीष कार्की, हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादव, लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मी र शिवराज भण्डारीले संयुक्तरुपमा थापाका परिवारलाई हस्तान्तरण गरे ।

सो अवसरमा पोखरा शाखामा कार्यरत कर्मचारी हर्कबहादुर गुरुङ, लक्ष्मण पाण्डे, रेखा केसी, श्याम देवकोटा, विनोदबहादुर सार्की उत्कृष्ट कर्मचारीबाट पुरस्कृत भए । उत्कृष्ट कर्मचारीमा झलकराम अधिकारी हेमजा शाखाबाट पुरस्कृत भए ।

एसइईमा देशैभरबाट उत्कृष्ट अंक ल्याउने ३ मध्ये पोखरा शाखामा कार्यरत शिवराज भण्डारीका छोरा सुशासनलाई पुरस्कृत गरियो ।
कार्यक्रममा कार्यालय प्रमुख इ. कार्कीले सबै कर्मचारीको एकताबाट मात्रै उपभोक्तालाई सेवा दिन सकिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width