सचिन स्मृति दौडको उपाधि भारतीय सेना गुरुङलाई

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७७
sachin pic of winner

फागुन । रोट्रयाक्ट क्लब अफ दमौलीले आयोजना गरेको १८ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा भारतीय सैनिक भरत गुरुङ विजेता भएका छन् ।

भानु ३ तुरतुरेका गुरुङ दमौलीबाट छाब्दी बाराहीसम्मको ९ किलोमिटर दुरी ३० मिनेटमा पार गर्दै विजेता बनेका हुन् । ३२ मिनेट २५ सेकेन्डमा उक्त दुरी पार गर्दै गोर्खा सिरानचोक गाउँपालिका ३ का दिनेश बोगटी द्वितीय भएका छन् । ३२ मिनेट ५० सेकेन्डमा दुरी पार गरेका धनगढी उपमहानगरपालिका सक्का वीरेन्द्र प्रसाद भट्टराई प्रतियोगितामा तृतीय भएका छन् । संगम घर्ती ३३ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै प्रतियोगितामा चौथो भएका छन् ।

महिला तर्फ ४३ मिनेटमा उक्त दुरी पार गर्दै व्यास १० की नम्रता गुरुङ र ४३ मिनेट ३० सेकेन्डमा उक्त दुरी पार गदै व्यास ४ की करुण श्रेष्ठ सान्त्वना भएकी छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद १० हजार, ८ हजार ८ र ६ हजार ६, ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा विजेतालाई प्रमुख जिल्ला अधिकारी सागर अधिकारी तथा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल तथा क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

यस अघि दमौलीबाट घाँसीकुवासम्म दौड गर्दै आएको क्लबले यसपालि भने रुट परिवर्तन गरेर छाब्दीसम्म गरेको हो । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छाब्दी बाराही मन्दिरको प्रचारप्रसारमा समेत सहयोग पुग्ने उद्देश्यले सो रुट छनोट गरिएको अध्यक्ष श्रेष्ठले बताए । अनसन चोकबाट सुरु दौड गल्बुवेशी, जलदेवी टोलहुँदै छाब्दी बसपार्कमा पुगेर टुंगिएको थियो । प्रतियोगिताको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width