तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७७
machhapuchhre (1)

पोखरा । माछापुच्छ्रे बैंकले पोखराका विभिन्न स्थानमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले शुक्रबार पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा सिद्धार्थचोकस्थित श्री कम्प्लेक्समा एकैसाथ सो सेवा सञ्चालनमा ल्याएको हो ।

हङकङ बजारमा नेपाल राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ«े बैंकका सञ्चालक रोशन केसीले संयुक्त रुपमा सो सेवाको उद्घाटन गरेका थिए । कार्यक्रममा सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानी मार्फत गर्न आमउपभोक्तालाई आग्रह गरे ।

सो सेवासँगै हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्।् । त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोड प्रयोग गरी ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

ग्राहकले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्ने छन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग सर्वसाधारणमा बढ्दै गएको छ ।

पोखरामा सुरु गरिएको क्युआर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यावसायिक स्थान वा प्रतिष्ठानको संख्या करिब ९ हजार पुगेको छ ।

बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवा मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन मार्फत खाता एवं मुद्दति खाता खोल्ने लगायत अत्याधुनिक प्रविधि ग्राहकमाझ ल्याएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width