स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७७
syangja journo

काठमाडौं ।  स्याङ्जामा जन्मेर विभिन्न  जिल्लामा क्रियाशील पत्रकार काठमाडौंमा भेला हुने भएका छन् ।

फागुन २९ गते शनिबार काठमाडौंको बालाजु पार्कमा पत्रकारहरु भेला हुन लागेका हुन् । स्याङ्जा जिल्लाबाट काठमाडौमा सक्रिय पत्रकारिता गर्दै आएकाहरुको शुक्रबार काठमाडौको पुल्चोकमा भएको भेलाले यस्तो निर्णय गरेको पत्रकार भूपराज बस्यालले जानकारी दिए । उनका अनुसार वालाजुमा वनभाेज समेत हुनेछ ।

जुनसुकै ठाउँमा बसेर पनि पत्रकारितामा सक्रिय स्याङ्जा जिल्लावासी उक्त भेलामा सहभागी हुनसक्ने उनले बताए । उनले भने “काठमाडौमा बसेर सक्रिय पत्रकारिता गर्नेहरुको फेसबुक ग्रुप बनाएका थियौ उक्त ग्रुपमा सबै एकैठाउँमा जम्मा हुने र पिकनिक गर्ने प्रस्ताव आयो उक्त प्रस्ताव पछ्याउँदै जादा भेलानै हुनेगरी तयारी भयो ।”

भेलाले पत्रकार इन्द्र रिजालको संयोजकमा एउटा समिति समेत निर्माण गरेको पनि उनले जानकारी दिए । उक्त समितिले स्याङ्जा जिल्लावासीको प्रथम भेलासहित वनभाेज  गर्ने निर्णय गरेको समिति संयोजक रिजालले बताए ।

रिजालका अनुसार वनभाेज तथा भेलामा स्याङ्जा जिल्लाका सक्रिय पत्रकारहरुमात्रै सहभागी हुने पनि उनले बताए । स्याङ्जा जिल्लावासीहरु पत्रकारितामा सक्रिय भए पनि हालसम्म कति छन् कहाँकहाँ भन्ने तथ्यांक नभएको हुँदा सबैलाई एक आपसमा परिचित हुनको लागि पनि यो भेलाले सहयोग गर्ने संयोजक रिजालको भनाइ छ ।

रिजालको संयोजकमा बनेको उक्त समितिको सदस्यहरुमा अनिता बिन्दु, प्रकाश डुम्रे, भूपराज बस्याल, अर्जुन खनाल,श्रीकृष्ण सिग्देल, ओमप्रकाश शर्मा, प्रतीक्षा काफ्ले, राजेश शर्मा लामिछाने, संगीता खड्का, अनिल गिरी, नारायण शर्मा, लिलु डुम्रे, असीम सापकोटा, शिव लम्साल, श्रीराम पौडेल, शालिक सुवेदी, बलराम पाण्डे, प्रदीप कोइराला, गोवन्द गिरी र घनश्याम सिग्देल छन् ।

Related News

सम्बन्धित समाचार

  • बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित

    विजय नेपाल माघ २६, २०८१
    पोखरा । नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनमा गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून…
  • बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

    रासस माघ २५, २०८१
    गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती…
  • ज्येष्ठ नागरिक समाजबाट सम्मान

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा ।पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज, नेपालले ज्येष्ठ नागरिक क्षेत्रमा कलम चलाउने पत्रकार, सासूससुराको राम्रो सेवा गर्ने ‘असल बुहारी’,…
  • प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस अवसरमा कास्की शाखाले मंगलबार प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्रप्रसाद पौडेललाई पुरस्कृत…
  • सल्युट गोर्खाको रक्तदान

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । सल्युट गोर्खा ट्रेनिङ सेन्टर, चाउथेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थाको १६…

hero news full width