आहा रारा गोल्डकप : सहारा युकेले आकर्षक ट्रफी पठाउने

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७७
sahara troffee (7)

पोखरा । आहा रारा गोल्ड कप को १९ औं संस्करणमा पनि बलायतबाट आकर्षक म्यान अफ दी म्याच ट्रफीसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी आउने भएको छ ।

१० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाइस्कोरर, अनुशासित टोली, उत्कृष्ट प्रशिक्षकलाई प्रदान गरिने आकर्षक ट्रफी आउने भएको सहारा क्लबले जनाएको छ ।

सहारा यूकेको सहयोगमा उक्त ट्रफी प्राप्त हुने भएको हो । त्यसै गरी विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदान गरिने मेडल समेत वेलायतबाट ल्याइने भएको हो । विभिन्न विधामा उत्कृउष्ट हुने खेलाडी एवं कुनै टोलीको लागि उत्त ट्रफी निकै आकर्षक भएकोले उक्त ट्रफीको महत्व थप बढेको क्लबअध्यक्ष केशवबहादुर थापाले बताए ।

पोखरामा आउँदो चैत १७ गते देखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । उक्त प्रतियोगिता पोखरा रंगशालामा २०७७ चैत २८ गतेसम्म हुने भएको सहारा क्लवले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width