लेखा परीक्षणका समस्या हटाउन जोड

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७७
CA Photo

पोखरा । लेखा परीक्षण र यसका चुनौतीका बारेमा पोखरामा शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेट संस्थाको आयोजनामा अन्तक्र्रिया भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले लेखा परीक्षणमा समस्या रहेको बताए । लेखा परीक्षणमा भएको समस्यालाई नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले समाधान गर्नुपर्ने उनको भनाइ थियो । लेखा परीक्षकहरुले इमान्दारिता निभाउने हो भने समस्या नहुने उनको तर्क थियो । हरेक ठाँउमा चुनौती रहेको हुनाले त्यसलाई सकारात्मक रुपमा लिएर काम गर्नुपर्ने उनको भनाइ छ ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेलले राजस्व कार्यालय र लेखा परीक्षक बीचको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताए । केही कुरा राजस्व कार्यालले लेखा परीक्षकबाट सिकेको र केही कुराहरु लेखा परीक्षकले राजस्व कार्यालयबाट सिकेको उनको भनाइ थियो । कर सहयोगीप्रति भने उनको असन्तुष्टी थियो । उनीहरुको कारण सेवाग्रही ठगीमा परेका कारण नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले यसको न्यूनीकरणमा भूमिका खेल्नुपर्ने उनको धारणा थियो । कुनै कर सहयोगीहरुको रिपोर्ट कहलिएका लेखा परीक्षकको भन्दा राम्रो हुने गरेको भन्दै लेखा परीक्षकहरुले क्षमता वृद्धिसँगै गुणस्तरमा पनि ध्यान दिन उनले सुझाव दिए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका केन्द्रीय अध्यक्ष मदनकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर थापा, केन्द्रीय पार्सद् बहादुरसिंह विष्ट, प्रदेश संयोजक अर्जुन गोशली, प्रदेश सदस्य चन्द्रबहादुर सुवेदी, प्रदेश अध्यक्ष केशबहादुर केसी, कास्की जिल्ला अध्यक्ष रुद्र पौडेल लगायतले लेखा परीक्षकको समस्याको बारेमा बोलेका थिए । कार्यक्रममा उपस्थितलाई संस्थाका सदस्य सन्देश सिंहले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width