काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकार ढल्ने वा बन्ने विषयमा परिस्थिति परिपक्व नबनेको निष्कर्ष निकालेको छ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले नेकपा कानूनीरुपमा नफुटिसकेकाले अहिले नै हातरिएर निर्णयमा पुग्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो।
सह(महामन्त्री प्रकाशशरण महतले नेकपाको विवाद कसरी अघि बढ्छ, त्यसको मूल्यांकन गरेर मात्रै कांग्रेस निर्णयमा पुग्ने छलफलको निष्कर्ष रहेको बताए।
‘नेकपा विवाद कसरी अघि बढ्छ, त्यहीअनुसार कांग्रेसले निर्णय लिन्छ। अहिले परिस्थिति परिपक्व भइसकेको छैन भन्ने छलफलको निष्कर्ष छ,’ उनले भने।
नेकपा एकै पार्टी रहेको र संसदीय दलको नेता केपी ओली नै रहेको अवस्थामा कुनै समूहलाई समर्थन गर्न हतारिन नहुने कांग्रेसको निष्कर्ष छ। ‘नेकपा एकै छ। ओली नै संसदीय दलको नेता छन्। नेकपा एकै रहन्छ वा दुईवटा हुन्छ। त्यो हाम्रो नियन्त्रणको कुरा होइन,’ बैठकपछि महतले उनले भने, ‘संसद् बैठक सुरु होस्, जसरी परिस्थिति अघि बढ्छ। त्यही बेला हामी निर्णय गर्छौँ।’
महतका अनुसार सभापति देउवासहितका सबै पदाधिकारी हतारमा अपरिपक्व निर्णय लिन नहुनेमा एक छन्। परिस्थितिको मूल्यांकन गरेर मात्रै निर्णय लिनुपर्ने बैठकको निष्कर्ष छ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१