पोखरा, १३ फागुन । पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकालाई फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापनबारे सुझावसहित ज्ञापनपत्र बुझाएको छ ।
संघका वाणिज्य उपाध्यक्ष तथा फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापन उपसमितिका संयोजक अर्जुन पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार महानगरका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको हो । प्रतिनिधिमण्डलमा संघका महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री,कार्यसमिति सदस्यहरु शोभा गौतम,देवेन्द्र केसी,मुना बास्तोला, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानांग,भरत केसी,पवित्रादेवी गुरुङ,बालकृष्ण कोइराला,यमनाथ तिमिल्सिना र रुपनारायण भुजेलको सहभागिता थियो ।
संघले सोही सुझाव तथा ज्ञापनपत्र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठलाई बाधार्थको रुपमा हस्तान्तरण गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै पोखरा महामनगरपालिकाका मेयर मानबहादुर जिसीले पार्किङको जिम्मा लिने कम्पनीको कामप्रति महानगर सन्तुष्ट नरहेको बताए । आफूलाई पार्किङ व्यवस्था नै मन नपरेको बताउँदै आउँदो आर्थिक वर्षमा ठेक्का सम्झौता नविकरण गर्ने÷नगर्नेबारे निर्णय गरिने बताए । बिदाको दिन, रातको समयमा र तोकिएका ठाउँबाहेक अन्यन्त्र पार्किङ शुल्क लिन नहुनेमा उनले सहमति जनाए । उद्योगी÷व्यवसायीले पोखरालाई सुन्दर र व्यवस्थित बनाउन दिएको सुझाव स्वागतयोग्य रहेको बताउँदै मेयर जिसीले अध्ययनपछि कार्यान्वन सुरु गरिने आश्वासन दिए ।
१८ बुँदै सुझावलाई ज्ञापनपत्रको रुपमा बुझाउँदै पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघले सर्वसाधारण र व्यवसायीको हितका लागि सुझावहरु दिएको जानकारी गराए । उनले संघ पोखराको व्यापार साझेदार पनि भएको स्मरण गर्दै पोखरा बिग्रँदाको दोषबाट महानगर मुक्त हुन पनि सुझाए । संघले बुझाएको सुझावमा सम्झौता नभएका ठाउँमा पार्किङ शुल्क उठाउन तत्काल बन्द गर्नुपर्ने,सडक सवारी साधन गुड्न र फुटपाथ मान्छे हिँड्न मात्र प्रयोग हुनुपर्ने, वैकल्पिक पार्किङको व्यवस्था गरिनुपर्ने र त्यस्तोमा मनासिव शुल्क लिनुपर्ने, अर्को व्यवस्था नभइञ्जेलसम्म सडकमा पार्किङ गर्दा पनि एकातिर गाडी र अर्कोतिर मोटरसाइकल राखिनुपर्ने,पार्किङ शुल्क घटाउनुपर्ने,नगर क्षेत्रका घरहरुको अण्डरग्राउण्ड पार्किङस्थल सोही प्रयोजनमा लगाउनुपर्ने,पार्किङ एप्स निर्माण गरी सोही एप्समार्फत् ट्राफिक र पार्किङबारे जानकारी गराउनुपर्ने,पार्किङ ठेक्का दिने कार्य नियमसंगत नभएकाले अन्त्य गर्नुपर्ने,पार्किङ शुल्क उठाउँदा बालश्रमको प्रयोग तत्काल रोकिनुपर्नेलगायतका विषय समेटिएका छन् । संघले उद्योगी÷व्यवसायीहरुसँग विभिन्न चरणमा सुझाव संकलन गरी एकमुष्ठ रुपले साझा सुझाव महानगरलाई बुझाएको हो ।
बोधार्थपत्र बुझ्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बजार अनुगमन अनि जनता र व्यवसायीको हितको लागि प्रशासन सदैव तयार रहेको बताए । कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले तोकिएको क्षेत्रबाहेक अन्यत्र, बिदाको दिन र रातमा पार्किङ शुल्क उठाउने काम रोकिने बताए ।
Related News
सम्बन्धित समाचार
बाँकेमा भयावह बन्दै काेराेना : संक्रमित बिरामीका लागि शय्या अभाव
कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु
भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी
कोरोना महामारीः प्रदेश तात्यो, महानगर सुस्त
पोखराका सम्पदा : हचुवामै ठेकेदारकाे जिम्मा
hero news full width
मुख्य समाचार
को बन्ला वर्ष खेलाडी महिला ?
भीमाद ८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले कुटे सेवाग्राही
वैशाख ९, २०७८स्थानीय तहलाई ढुङ्गा र तामाखानी सञ्चालन गर्न कानून अभाव
वैशाख ९, २०७८बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द
वैशाख ९, २०७८फैलिँदो महामारी, फितलो तयारी, पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा
वैशाख ९, २०७८सेती नदी र पाताले छाँगो निजी कम्पनीलाई
वैशाख ९, २०७८