आँबुखैरेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिको आयोजनामा तनहुँको आँबुखैरेनीमा ‘सञ्चार प्रविधिको विकास र अबको पत्रकारिता’ विषयक अन्तरक्रिया भएको छ ।
आँबुखैरेनी गाउँपालिका र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा भएको अन्तक्र्रिया कार्यक्रम उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेश सरकारले होमस्टेको प्रवद्र्धनलाई प्राथमिकतामा राखेर आफ्ना कार्यक्रम अगाडि सारेको जनाए ।
अहिलेको युग सूचना तथा प्रविधिको युग भएकाले सोही अनुरुप सबै क्षेत्र र मिडियाकर्मीहरु पनि अपडेट हुनुपर्ने उनको भनाइ छ । उनले पत्रकार स्वयं जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेश आमसञ्चार ऐनको आवश्यकता औल्याए ।
गण्डकी प्रदेशका ११ जिल्लाबाट १०/१० वटा स्थानलाई पर्यटकीय गन्तव्य छनोट गरिएको बताउँदै तनहुँबाट छिम्केसरी र आँधीमूल सूचीकृत भएको जानकारी दिए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले अन्तरक्रियाबाट मिडियाकर्मीले बढी मात्रामा ज्ञानगुणका कुरा ग्रहण गरेर आगामी दिनमा सोही अनुरुप कलम चलाउनेमा विश्वास व्यक्त गरे ।
आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले मिडियाले सही तथ्यांक र सूचनामा टेकेर समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
गाउँपालिका उपप्रमुख पुष्पा देवी श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्य पहिचान हुन नसकेको बताउँदै पहिचान भएका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा मिडियाले सहयोग गर्न आग्रह गरिन् ।
फोनिज गण्डकी प्रदेश इन्चार्ज हुमबहादुर गुरुङले अन्य क्षेत्रमा जस्तै पत्रकारितामा समेत जातीय विभेद रहेको टिप्पणी गरेका थिए ।
अन्तक्र्रियामा ग्लोबल मल्टिमिडिया जर्नालिष्ट रजनीश भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
फोनिज गण्डकी प्रदेश अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव खीमा गुरुङले स्वागत र सदस्य सुनिता रानाले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
म्यानमारमा मानव अधिकारको सम्मान गर्न आग्रह गर्दै अधिकारकर्मीको प्रदर्शन
जनप्रियका क्याम्पसका संस्थापक अध्यक्ष प्रेमनारायणको निधन
सर्वोच्चको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीविरुद्ध संसदीय समितिमा उजुरी
अनलाइन पत्रकार संघमा पदस्थापन
कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
hero news full width
मुख्य समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७