रुपाकोट रिसोर्टले निस्काशन गरेका मजदुरको पुनवर्हाली माग्दै ज्ञापनपत्र

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७७
rupakot resort

पोखरा । रुपाकोट रिसोर्टले निस्काशन गरेका १ मजदुरको पुनर्वहाली माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले ज्ञापन पत्र बुझाएको छ । रुपाकोट रिसोर्टका मजदुर हरिबहादुर थापाको वहाली माग्दै बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो ।

युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारीको अगुवाइमा पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, युनियन अगुवाहरु कमल सापकोटा, रुद्र तिमिल्सिना लगायतको टोलीले ज्ञापनपत्र वुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आवस्यक छलफल गरी समस्याको समाधान खोजिने बताए । उनले अप्ठेरो अवस्थामा श्रमिकको रोजीरोटी खोसिनु गलत भएको बताउँदै यसबारे आफूले जानकारी लिने आश्वासन दिए ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले कोरोनाको समयमा निर्दोष कर्मचारीलाई होटलले निकाल्नु दुखद भएको बताउँदै तत्काल पुर्नवहाली गर्न रिसोर्ट व्यवस्थापन सँग माग गरेका छन् ।

ज्ञापन पत्रमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समिति, गण्डकी प्रदेश समिति, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी, श्रम तथा रोजगार कार्यालय गण्डकी प्रदेश, जिल्ला प्रहरी कार्यालय कास्की र स्वयं रुपाकोट रिसोर्ट प्रालिलाई बोधार्थ पठाइएको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width