नेपाल–भारत मैत्री संघको साधारण सभा

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७७
nepal bharat maitri

पोखरा, १२ फागुन ।

नेपाल–भारत मैत्री संघ कास्की शाखाको पाँचौं साधारण सभा भएको छ ।

संस्थाका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष हरिराम पौडेल, सल्लाहकार रामजीप्रसाद बास्तोला र निवर्तमान अध्यक्ष ऋषिराम सापकोटाले संस्था स्थापनाको औचित्य प्रष्ट पार्देै शुभकामना मन्तव्य दिएका थिए ।

सभाले आगामी चैत ७ र ८ मा नेपालगञ्जमा हुने महाअधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ । जसमा अध्यक्ष जगनबहादुर गुरुङ, उपाध्यक्ष प्राडा वीरबहादुर कार्की, सचिव जयराम पौडेल, कोषाध्यक्ष मीरादेवी आचार्य, निवर्तमान अध्यक्ष ऋषिराम सापकोटा, आजीवन सदस्य गिरीराज गौतम, बजिरमान श्रेष्ठ, इ. विष्णुप्रसाद पौडेल, रामजीप्रसाद बास्तोला र मुक्तिराम अधिकारी छन् ।

कार्यक्रममा संस्थाका सचिव जयराम पौडेल र कोषाध्यक्ष मीरादेवी आचार्यले क्रमशः वार्षिक कार्य प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा स्वागत उपाध्यक्ष प्राडा वीरबहादुर कार्की र सञ्चालन सचिव जयराम पौडेलले गरेका थिए ।

संघको कास्की शाखमा १ सय ४० जना आजीवन सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width