पोखरा । बालबालिकाका लागि हालका दिनमा यथेष्ट पुस्तक पाउन थालिएको छ । प्रौढ पाठककालागि पनि विभिन्न रोजाइका पुस्तकहरु उपलब्ध छन् । तर आफूलाई बालबालिका भन्न पनि नरुचाउने अनि वयस्क पनि नभइसकेको किशोरकिशोरीका लागि भने पाठ्यसामग्री भने बजारमा बिरलै छन् ।
‘पुस्तक हुँदै नभएको भने होइन, केही छन् । तर नगन्य मात्रामा,’ बालसाहित्यकार कृष्णदीप सिग्देल भन्छन् । लेखक सिग्देल अहिले पोखरामा छन् । यसपटकको उनको यो पोखरा भ्रमण अलि विशेष छ । उनको हालै मात्र किशोरावस्थामा प्रवेश गरेका पाठकलक्षित उपन्यास ‘सेकुवा’ प्रकाशित छ । उनी यसै पुस्तकमार्फत किशोर साहित्यको प्रवद्र्धनमा लागिपर्नु छ ।
यसै प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत गत सोमबार एक परिचर्चा कार्यक्रमको आयोजना भयो । हिमालयन रिडर्स् कर्नरको सभाकक्षमा आयोजित छोटो र विशिष्ट कार्यक्रममा विभिन्न वक्ताहरुले किशोर साहित्यको आवश्यकता, ‘सेकुवा’ पुस्तकमाथिको टिप्पणी तथा आफ्ना किशोरावस्थाका अनुभवका बारेमा बताए ।
‘यो उपन्यासमा नयाँ कथावाचन शैली देख्न सकिन्छ । गजबको हास्यरस छ कथामा । नेपाली किशोर साहित्यका लागि यो उपन्यास कोशेढुंगो सावित हुनेछ,’ आख्यानकार नयनराज पाण्डेले बताए ।
समाजसेवी तथा विश्लेषक विश्व सिग्देल पनि प्रमुख अतिथिको विचारसँग सहमत देखिए । प्रस्ट, सरल र नवीनतम शैलीको कथा बुनोटका कारण किशोरकिशोरी यस किताबाट लाभान्वित हुनेछन् भन्ने उनको मत थियो । यो किताब मरुभूमिमा रहेको मरुद्यान जस्तै रहेको उनको टिप्पणी थियो ।
गुरुङ साहित्य समाज, नेपालका अध्यक्ष गौरी तमुले आफ्ना किशोरावस्थाका अनुभव सुनाइन् । आफ्नो किशोरावस्थामा पाठ्यसामग्रीको उपलब्धता नरहेको र हाल पनि त्यस्तै अवस्था रहेकोमा यो किताब महत्वपूर्ण हुने उनको राय थियो ।
लेखक सिग्देलले किशोर/किशोरीलक्षित किताब किन रचना गर्नुपरेको भन्ने बारेमा बताए । ‘किशोरकिशोरीले स्वाभावत रुपमा बालसाहित्यका किताब पढ्न रुचाउँदैनन् । उनीहरुलाई जबर्जस्ती प्रौढ साहित्यको किताबको भारी बोकाइएको छ । उनीहरुको उमेर र रुची सुहाउँदा किताबको आवश्यकता महसुस गरेर यो किताबको सिर्जना भएको हो,’ उनले भने ।
कृष्णदीप सिग्देल नेपाली बालसाहित्यमा सक्रिय लेखक हुन् । पुस्तक मनोरञ्जक, आनन्ददायक र ज्ञानवद्र्धक हुनुपर्छ भन्ने उनको मान्यता छ । उनका बालसाहित्यिक पुस्तक ८० भन्दा बढी प्रकाशित छन् । ‘सेकुवा’ उनको किशोर पाठकलक्षित पहिलो पुस्तक हो ।
लेखक सिग्देल पोखराकै हुन् । यसैकारण पनि उनले किशोर साहित्यको प्रवद्र्धनका लागि पोखरालाई नै रोजेका छन् । विदेशमा रहेका साथीहरुको सहयोगमा यस उपन्यासलाई विभिन्न स्कुलका विद्यार्थीहरुलाई वितरण गर्ने कार्यक्रम पनि उनको छ । यसै अन्तर्गत उनले कुँडहरस्थित भद्रकाली मावि र मालेपाटनस्थित वाराही माविमा पुस्तक वितरण गर्ने कार्य सम्पन्न भइसकेको छ ।
यसअघि यस्तै कार्यक्रम रिचोकटार, धादिङ्स्थित वागेश्वरी माविमा पनि यस्तै कार्यक्रम गरिएको थियो । आगामी दिनमा स्याङ्जा तथा कपिलवस्तुमा पनि यस्तै कार्यक्रम गर्ने लेखक सिग्देलले बताए । लेखक सिग्देल कथावाचक समाजका उपाध्यक्ष हुन् भने सांग्रीला बुक्स्मा बालसाहित्य सम्पादक तथा संयोजकका रुपमा कार्यरत छन् ।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्याको ३३५ औं शृंखला
प्रवीण स्मृति कार्यक्रममा श्रष्टा सम्मान
पर्यटन काव्ययात्राको ९ बुँदे घोषणापत्र
नाटक महोत्सवमा ‘न्यायको खोजी’ उत्कृष्ट
लक्ष्मण थापाले ल्याए ‘अक्षरहरुको मूर्च्छना’
hero news full width
मुख्य समाचार
आरोही महिला फोटो पत्रकारलाई सम्मान
विद्युतीय कारोबार गर्ने पाेखराका १० होटल पुरस्कृत
वैशाख १०, २०७८नेकपा एमालेको स्थायी कमिटी घोषणा, माधव नेपाल र झलनाथ अटाएनन
वैशाख १०, २०७८बाँकेमा भयावह बन्दै काेराेना : संक्रमित बिरामीका लागि शय्या अभाव
वैशाख १०, २०७८कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु
वैशाख १०, २०७८भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी
वैशाख १०, २०७८