एकै खेलमा ट्रिपल ह्याट्रिक

Avatar आदर्श समाज सम्वाददाता
फागुन १२, २०७७
Football news

पोखरा । देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कपमा बुधबारको खेलमा भ्याली स्पोर्टस्ले पाहुना टोली भिमाद भेट्रान्समाथि सहज जित निकालेको छ ।

पुरानो टुँडिखेलमा भएको खेलमा भिमाद भेट्रान्स माथिमावि हुँदै १४–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्‍याे ।

भ्यालीको जीतमा विजय गुरुङले ट्रिपल ह्याट्रिक पूरा गरे । त्यस्तै नयाँगल्ली भेट्रान्सले मित्रता एफसीलाई ८–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍याे  ।
त्यस्तै वालिङ भेट्रान्सलाई २–१ गोलको अन्तरले एलजी एसोसिएसने हरायो ।

अब एलजीले बिहीबार भ्याली स्पोर्टस्सँग भिड्नेछ । गार्डेन एफसीले ४–० को गोल नतिजा सहित विष्णुपादुकालाई पाखा लगाउँदै क्वाटरफाइनल प्रवेश गर्‍याे ।

यसैगरी, बिटी एफसीलाई गोर्खा अल्टिमेट फिटनेसले ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम ८ मा प्रवेश पायो ।

त्यस्तै अन्तिम खेलमा इन्द्रेणीलाई कालभैरवले ४–१ गोल अन्तरले सहज जित निकाल्यो ।

बिहीबार क्वाटरफाइनलका ६ खेल हुने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • बार्सिलोनाको सानदार जित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १०, २०७८
      पोखरा । स्पेनिस घरेलु लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ ले…
    • को बन्ला वर्ष खेलाडी महिला ?

      Bijay Nepal विजय नेपाल वैशाख ९, २०७८
      पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६÷७७ को वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा ३ खेलाडी मनोयनमा परेका…
    • गलेमको भलिबलमा पुम्दीभुम्दी प्रथम

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ८, २०७८
      पोखरा। स्याङ्जाको फेदीखोला गाउँपालिका–४ गलेमस्थित शीतला युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगितामा पुम्दीभुम्दी युवा क्लब प्रथम भएको छ । फाइनलमा आयोजक शीतला…
    • गण्डकी खेलकुद परिषदमा मनोनीतलाई बधाई

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ८, २०७८
      पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्मा सदस्य सचिवमा मनोनीत मञ्च अध्यक्ष तेजबहादुर गुरुङ लगायतलाई भूतपूर्व खेलाडी मञ्च नेपालले बधाई ज्ञापन गरेको…
    • नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका विजेता  खेलाडी सम्मानित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ८, २०७८
      पोखरा, ८ वैशाख । रानीपौवा स्पोर्टस सेन्टर प्रालिले नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका विजेता टेकेन्द्र गुरुङ, सरस्वती गुरूङ, सन्तोष गुरूङ, शर्मिला…

    hero news full width

    sanil ads

    wordlink ads