म्याग्दी । मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको विजेता म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ ।
जिल्ला भलिबल संघ, म्याग्दीको आयोजनामा खेलाडीलाई पञ्चेबाजा घन्काउँदै बेनीबजार परिक्रमा गराएको हो ।
भलिबल खेल जितेर म्याग्दीको शीर उच्च बनाएको भन्दै भलिबल संघको आयोजनामा उनीहरुको स्वागत सम्मान सहित वीरेन्द्रचोक, न्यूरोड, क्याम्पसचोक, गणेशटोल, बैंकरोड हुँदै जिल्ला समन्वय समितिको सभाहलमा सम्मान गरिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले भलिबल खेलमा म्याग्दीको राष्ट्रियस्तरमा पहिचान रहेको बताए । उनले खेल क्षेत्रको विकासका लागि थप बजेट लगायत पूर्वाधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
जिसस प्रमुख देवेन्द्रबहादुर केसीले खेलाडीलाई बधाई दिँदै खेलकुदमा तीनै तहले बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, सशस्त्र प्रहरीका डिएसपी हरि गुरुङ, राष्ट्रिय अनुसन्धान म्याग्दीका प्रमुख महेश गुरूङ, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ, समाजसेवी विमला गौचन, जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष कृष्णकुमार विश्वकर्मा, भलिबलका प्रमुख प्रशिक्षक तेजेन्द्र बानियाँ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
महिला भलिबलकी क्याप्टेन अरुणा शाही, खेलाडी कमला पुन प्रशिक्षणमा ब्यस्त रहेकाले उपस्थित भएनन् । उपकप्तान पवित्रा सिर्पाली भने कार्यक्रममा सहभागी थिइन् ।
पोखरा रंगशालामा शनिबारको फाइनल खलमा म्याग्दीले पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो । पुरुषतर्फ म्याग्दी सेमिफाइनबाट बाहिरियो ।
उपाधिसँगै २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । टिम कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षक बानियाँ उत्कृष्ट प्रशिक्षक र कमला पुन उत्कृष्ट सर्भर घोषित हुँदैै जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।
Related News
सम्बन्धित समाचार
आहारारा गोल्ड कप संकटालाई
अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने
सहारा अक्षयकोषमा सहयोग
सकियो एकल टेबल टेनिस
पोखरामा २ दिवसीय क्रिकेट
hero news full width
मुख्य समाचार
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७आहाराराले पाउनेछ नयाँ विजेता
चैत्र २८, २०७७