प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक

Avatar आदर्श समाज सम्वाददाता
फागुन १२, २०७७
Kp oli

काठमाडौं :  प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

आफ्नो सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजे उनले स्थायी कमिटी बैठक बोलाएका हुन्। उनी निकट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए।

सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि आगामी रणनीतिबारे छलफलका लागि बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतले मंगलबार संसद् विघटन बदर गरेको थियो।

नेता मण्डलले अहिले विकसित राजनीतिक घटनाक्रमका बारेमा बैठकमा छलफल हुने जानकारी दिए।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads