लेखनाथ उवा संघको अधिवेशन २०७८ भदौ १८ र १९ गते

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७७
LCCI Logo_Four Colour

लेखनाथ ।लेखनाथ उद्योग वाणिज्य संघले साधारणसभा तथा अधिवेशनको तिथि तोकेको छ । संघको मंगलबार कार्यसमिति बैठकले २५ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन आगामी २०७८ भदौ १८ र १९ गते पोखरामा हुने निर्णय गरेको हो ।

बैठकले सर्वसम्वत रुपमा ६ महिनापछि साधारण सभा र अधिवेशन मिति तय गरेको हो । चुनावी कार्यक्रम मार्फत नयाँ कार्यसमिति चयन गरिने भएकाले केही पहिले नै साधारण सभा र अधिवेसन मिति तय गरिएको संघका अध्यक्ष बलराम ढकालले बताए ।

संघको संशोधित विधान अनुसार १ वर्ष नवीकरण भएका सदस्यले मात्र निर्वाचन कार्यक्रममा भाग लिन पाउने व्यवस्था छ । यस्तै, २०७७ चैत मसान्तभित्र संघमा प्राप्त नयाँ सदस्यले पनि निर्वाचन कार्यक्रममा भाग लिन पाउने निर्णय गरिएको छ ।

संघले कोरना भाइरस प्रभावका कारण यस वर्षको लेखनाथ महोत्सव गर्न नसकिएकाले आगामी १७ औं संस्करणको लेखनाथ महोत्स ०७८ साल पुसामा गर्ने निर्णय गरिएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width