अपागंता भएका व्यक्तिलाई ह्वीलचियर

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७७
apanga news

पोखरा । नेपाल अपांग समाज सेवा संघले राष्ट्रिय अपांग पुनस्र्थापना समाजको सहयोगमा कास्कीमा अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्वीलचियर, बैशाखी, ट्राइसाइकल वितरण गरेको छ ।

गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माले संघले गरेको कामको उचित मूल्यांकन हुनुपर्ने बताइन् । उनले अपांगता भएका व्यक्तिलाई सरकारले सधैँ सहयोग गर्ने र व्यक्तिगत रुपमा आफूले पनि सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

राष्ट्रिय अपांग पुनस्र्थापना समाजका उपाध्यक्ष सुमन भट्टराईले अपांगता भएका व्यक्तिहरुलाई विभिन्न तालिम दिइरहेको बताउँदै देशभरका अपांगता भएका व्यक्तिलाइ विभिन्न सामग्री पनि सहयोग गर्दै आएको जानकारी दिए ।

अपांग समाज सेवा संघ अध्यक्ष बुद्धिबहादुर वाग्दास पन्तले घरपरिवार र समाजबाट अपहेलित हुनुपरेको बताउँदै नीति बनाउने ठाउँमा आफ्नो प्रतिनिधित्व हुनु पर्ने माग गरे । संघले हाल शिक्षा, आयआर्जन र सीप विकासमा जोड दिएको उनको भनाइ छ ।

कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका सहकोषाध्यक्ष प्रेम पहाडी, समाजसेवी गोपी तुलाचन, व्यवसायी दुर्गा श्रेष्ठ, समाजसेवी प्रकाश शर्मा, समाजसेवी दामोदर शर्मा लगायतले नेपाल अपांग समाज सेवा संघले राम्रो काम गरेको र यस्ता काममा सबैले साथ दिनुपर्ने बताए ।
नेपाल अपांग समाज सेवा संघका अध्यक्ष पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका सदस्य प्रकाश सूचीकारले र सञ्चालन रुपा केसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width