पोखरा । जनप्रिय बहुमुखी क्याम्पस र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजना एवं माछापुच्छ्रे मोडेल ट्रेकको व्यवस्थापनमा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन विषय (बिएमटिएम) का विद्यार्थीलाई ट्रेकिङ गाइड सम्बन्धी एक महिने तालिम सुरु भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले बिएमटिएम क्याम्पसको पहिचान भएकाले व्यवहारिक तालिकमलाई व्यवसायिक जीवनमा लागु गर्न अनुरोध गरे । पर्यटन प्रवद्र्धनका लागि राज्यले गर्नुपर्ने काम समुदायस्तरको क्याम्पसले सञ्चालन गर्नु गौरव भएको गिरीले बताए ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले त्रिभुवन विश्वविद्यालयले ३० वर्षदेखि योजना बनाए पनि जनप्रियले कार्यान्वयन गर्न पाउँदा तालिमले पर्यटन उद्योगलाई सहयोग पुग्ने धारणा राखे । गौतमले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उर्तान जीवन उपयोगी शिक्षाको खाँचो जनप्रियले पूरा गरेको दावी गर्दै सर्टिपिकेट सिरानीमा राखेर सुत्ने समयको अन्त्य भएको बताए ।
पर्यटनविद् तथा ट्रेकिङ एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष डम्बरबहादुर केसीले नेपालमा माउन्टेन टुरिजमको सम्भावना सधै खुला भएकाले ट्रेकिङ गाइडले पर्यटकलाई खुशी पार्न भारी बोक्न पनि तयार हुनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठीले नेपाली पर्यटनको मियो माउन्टेन टुरिजम भएकाले ट्रेकिङ गाइड सबै विषयमा जानकार हुन आवश्यक रहेको औल्याए । पर्यटन उद्योगमा सामान्य कामदार पनि मालिक बन्ने हुँदा ज्ञान र सीप दुवैको फ्युजन गर्नुपर्ने बताए ।
माछापुच्छ्रे मोडेल ट्रेकका सचिव कुलप्रसाद अधिकारीले जनप्रियले गण्डकी प्रदेशमा पहिलो पटक यस्तो तालिमको आयोजना गर्दा भावी दिनमा पर्यटन उद्योगलाई चाहिने दक्ष जनशक्तिको अभाव पूरा हुने विश्वास गरे । बिएमटिएम तेस्रो, पाँचौ र सातौं सेमेस्टरका विद्यार्थीले १ महिनामा १ सय ३९ घण्टा तालिम लिए पछि मर्दी र माछापुच्छ्रे मोडेल ट्रेक जाने छन् । तालिममा सहभागी पाचौं सेमेस्टरका विद्यार्थी गेहेन्द्र पराजुलीले अनुशासनपूर्वक तालिममा सहभागी भएर अब्बल बन्ने प्रतिवद्धता गरे ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) मा चालु शैक्षिक सत्रका लागि भर्ना र प्रवेश परीक्षा खुल्ला गर्दा विद्यार्थीको आकर्षण र चासो बढेको जनाएको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र जनप्रिय बहुमुखी क्याम्पसबिच ट्रेकिङ गाइड तालिम सञ्चालनका लागि यही फागुन सातगते सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख विरञ्जी गौतमले स्वागत मन्तव्य सहित तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने प्रशासक एकनारायण अर्यालले कार्यक्रम सञ्चलान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
नेपालगंजमा पोखरा प्रबद्र्धन अभियान
पर्यटक आगमनमा झिनो सुधार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
पर्यटन व्यवसायीको गुनासो सुन्न सरकारलाई आग्रह
hero news full width
मुख्य समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७