संसद् पुनर्स्थापना जनता र संविधानवादको जितः सभामुख सापकोटा

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७७
agni-sapkota-16122019033716-1000×0

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनर्स्थापना जनता र संविधानवादको जित भएको बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संविधानवादको जित भएको बताएका हुन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारसँगको कुराकानी गर्दै उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगको शक्ति पृथकीकरण र भूमिकाबारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताए ।

‘सर्वोच्चको आजको फैसलाले समस्त नेपाली जनता र संविधानवादको जित भएको छ । नेपाली जनतामा अदालतप्रतिको विश्वास थियो त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ । यसले एउटा नयाँ आयाम खडा भएको छ,’ उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width