प्रतिनिधि विघटनविरुद्ध मुद्दाको आज पेसी, जुनसुकै समयमा पनि फैसला आउन सक्ने

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७७
Supreme-Court-of-Nepal

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज पेसी तोकिएको छ।

फागुन ७ गते संवैधानिक इजलासमा बहस सकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो।

इजलासले फागुन १० गतेभित्र बहस नोट पेस गर्न कानुन व्यवसायीलाई आग्रह गरेको थियो।

प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट परेका थिए।

अब सो मुद्दाको फैसला आजबाट जुनसुकै समयमा पनि आउन सक्छ।

पुस ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा संसद् विघटनविरुद्ध पहिलो सुनुवाइ भएको थियो।

पुस १० गतेबाट भने संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो।

माघ २ गते संवैधानिक इजलासले बृहत् पूर्ण इजलासमा नजाने निर्णय गरेको थियो।

माघ ४ गतेदेखि संवैधानिक इजलासमा निरन्तर बहस भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width