कोरोनाले अमेरिकामा ५ लाखको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७७
United State Corona

वासिङ्टन।  कोरोना भाइरस संक्रमणले संयुक्त राज्य अमेरिकामा ५ लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौं,’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले भने ।

अमेरिकामा कोरोना भाइरसबाट ४ लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । १ वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख पुगेको छ । अमेरिकामा मृत्यु हुने संख्या ५ लाख पार गर्ने क्रममा बाइडेनले संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहेका त्यहाँका मिडियाले जनाएका छन् ।

अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ । त्यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी १ करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ । (एएफपी)

Related News

सम्बन्धित समाचार

hero news full width