पोखराका ६ युवा विश्व साइकल यात्रामा

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७७
Cycle Photo

पोखरा । पोखराबाट ६ जना युवाको टोली विश्व साइकल यात्रामा निस्कने भएको छ ।

केही समय अगाडि पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म साइकल यात्रा गरेका शंकर पौडेल र सुन्दर बरालसहित किस्मतराज साउद, राजु बानिया, सुशीलजंग कुँवर र कृष्णप्रसाद बास्तोला सहितको टोली केही दिनमा नै विश्व भ्रमणमा निस्कने जनाएको छ । पौडेल र बराल योभन्दा अघि ५० भन्दाबढी देशमा साइकल यात्रा गरिसकेका छन् । यात्राका क्रममा पोखरासहित नेपाललाई विश्वसामु चिनाउने काम गरेको शंकर पौडेलले बताए ।

यसअघिको यात्रामा विदेशमा बस्ने नेपाली र नेपाली संघसंस्थाको राम्रो साथ रहेको पौडेलले बताए । यो पटकको यात्रामा पनि सबैको साथ र सहयोग रहनेमा उनी विश्वस्त छन् ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकामा प्रस्ताव लिएर जाँदा सकारात्मक जवाफ आएको उनले जनाए । यो पटक पनि उनीहरुको ५० भन्दा बढी देशमा पुग्ने लक्ष्य छ । यात्राका लागि परराष्ट्र मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाबाट सिफारिस पत्र बनाइदिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width