मोटरसाइकल र स्कुटर दुर्घटनामा ६ महिनाको अवधिमा १० जनाको मृत्यु

दुर्घटना कम गर्न चालकलाई प्रशिक्षण

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७७
training to 2 wheeler rider (2)

गाेरखामा २ पांग्रे सवारीका चालकलाई प्रशिक्षण दिँदै ट्राफिक प्रहरी

पोखरा । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लमा साउन यता २ पांग्रे सवारी साधन(मोटरसाइकल स्कुटर) दुर्घटनाका ४२ घटना भएका छन् । ती घटनामा १० जनाको मृत्यु भएको ३७ जना घाइते भएको प्रदेश ट्राफिक कार्यालय गण्डकीले जनाएको छ ।

तीव्र गति, लेन अनुशासनको कमी, बाटोको खराबी, मादक पदार्थ सेवन गरी सवारी चलाउनेनस्ता कारणले दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

पछिलो समय २ पांग्रे सवारी साधनको दुर्घटना बढ्दै गएपछि गण्डकी प्रदेशका सबै जिल्लामा यस्ता सवारी चालकलाई सडकमै ६ मिनेट प्रशिक्षण दिन थालिएको छ ।

गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग तथा समन्वय र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा यस्तो कार्यक्रम हुँदै आएको छ ।

यसैक्रममा फागुन ३ देखि ९ गतेसम्म गोरखाका विभिन्ना स्थानमा प्रशिक्षण गरिएको कार्यालयका प्रवक्ता डिएसपी ठगबहादुर केसीले बताए ।

गोरखाको बसपार्क, हरमटारी, लक्ष्मीबजार, आहाले, बाह्रकिलो, मजुवा देउराली, ठुलो आँगन लगायतका स्थानमा ट्राफिक प्रहरीले सडकमा गुडिरहेका दुई पांग्रे सवारी साधन ( मोटर साईकल, स्कुटर) का चालकलाई सवारी चलाउँदा ध्यान दिनु पर्ने कुरा, सडक अनुशासन, सडक सुरक्षा, दुर्घटना न्यूनिकरण र सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा प्रशिक्षण प्रदान गरिएको छ ।

कार्यक्रममा ८ सय १० वटा सवारीका चालकलाई प्रशिक्षण प्रदान गरी १ हजार भन्दा बढी पर्चा पम्प्लेट विरतण गरिएको डिएसपी केसीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width