दुर्घटनामा स्कुटर चालकको मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
फागुन ९, २०७७
accident~tanahun

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत शुक्लागण्डकी ४, दुलेगौंडामा स्कुटर र मोटरसाइकल ठोक्किँदा स्कुटर चालकको मुत्यु भएको छ ।

पाटनबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ६२५ नं.को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग १९ प ३७०६ नं.को मोटरसाइकल ठोक्किँदा शुक्लागण्डकी ८ पाटन बस्ने २२ वर्षका सन्देश भट्टराईको मुत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहँुका अनुसार दुर्घटनामा परी घाइते भट्टराईको उपचारका क्रममा स्थानीय अस्पतालमा ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक शुक्लागण्डकी ३ निवासी १७ वर्षका अमृत श्रेष्ठ भने घाइते छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग