पोखरा । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि तनहुँ जिल्लाले जितेको छ । शनिबार भएको फाइनलमा स्याङ्जालाई ३–ؘ२ को सेटमा पराजित गर्दै तनहुँ च्याम्पियन बनेको हो ।
निकै रोमाञ्चक बनेको खेलको पहिलो सेट स्याङ्जाले २५–२३ ले जितेको थियो । दोस्रो र तेस्रो सेट तनहुँले २५–१७ र २५–२० ले जित्यो । चौंथो सेटमा भने स्याङ्जाले २५–१३ ले आफ्नो पक्षमा पार्दा खेल फाइनल सेटमा धकेलियो । अन्तिम तथा पाँचौ सेटमा १५–१० को जित निकाल्दै तनहुँले उपाधि हात पारेको हो । उपाधिसँगै तनहुँले नगद २ लाख रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेतामा सिमित स्याङजाले १ लाखमा चित्त बुझायो । पुरुषतर्फ पर्वतले तेस्रो स्थान हासिल गरेको छ । शनिबार नै भएको खेलमा पर्वतले म्याग्दीलाई २३–२५,२५–१४,२५–१७ र २७–२५ को सेटमा पराजित गरेको हो । तेस्रो भएको पर्वतले ५० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फको उपाधि म्याग्दी जिल्लाले जितेको छ । शनिबार नै भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा म्याग्दीले पर्वत माथि पहिलो सेट २५–१४ ले जितेको थियो । दोस्रो सेट २५–१५ ले पछि पारेको म्याग्दीले तेस्रो खेल २५–१७ ले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
उपाधिसँगै म्याग्दीले पनि २ लाख रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको पर्वतले १ लाखमा चित्त बुझायो । महिलातर्फ तनहुँ तेस्रो भएको छ । तेस्रो स्थानको लागि भएको खेलमा तनहुँले कास्कीलाई २५–१६, २२–२५, २५–१४ र ३०–२८ ले पराजित गरेको थियो । तेस्रो भएको तनहुँले ५० हजार प्राप्त गरेको छ ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुल परिषद्का बोर्ड सदस्य राजेश गुरुङ लगायतले पुरस्कार वितरण गरे । फागुन ४ गतेदेखि पोखरा रंगशालाको भलिबल कोर्टमा सुरु भएको खेलमा ९ जिल्लाको सहभागिता थियो । मनाङ र गोरखाले प्राविधिक कारण देखाउँदै सहभागिता जनाएनन् ।
ठकुरी र शाही सर्वोत्कृष्ट
मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ तनहुँका मिलन चन्द ठकुरी सर्वोत्कृष्ट घोषित भएका छन् । प्रतियोगिताको महिलातर्फ म्याग्दीका अरुणा शाही सर्वोत्कृष्ट खेलाडी भएकी छिन् । महिला र पुरुष तर्फ उत्कृष्ट ठकुरी र चन्दले जनही नगद ५÷५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विधागत पुरस्कार अन्तर्गत पुरुषतर्फ स्याङ्जाका राजन दर्लामी मगर उत्कृष्ट डिफेन्स, स्याङ्जाकै महेन्द्र श्रेष्ठ उत्कृष्ट ब्लकर, तनहुँका अशोक श्रेष्ठ उत्कृष्ट स्पाइकर, स्याङ्जाका विवश थापा उत्कृष्ट सर्भर र तनहुँका विवश आले उत्कृष्ट सेटर बने ।
महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी उत्कृष्ट ब्लकर, म्याग्दीकी कमला पुन उत्कृष्ट सर्भर, तनहुँकी अर्पणा खाँड ठकुरी उत्कृष्ट सेटर र कास्कीकी अंशु थापा उत्कृष्ट डिफेन्डर चुनिए । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
बालुवाटार छिरे विप्लव
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७