सिमलचौरमा खुल्यो ‘सेभन स्टार फुड एन्ड मार्ट’

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७७
food mart

पोखरा । युवाको समूहले मिलेर सञ्चालनमा ल्याएको ‘सेभेन स्टार फुड एन्ड मार्ट’ शनिबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका छन् । पोखरा– ८ सिमलचौरमा ७ जना युवाले १० करोडको लगानीमा उक्त व्यवसाय थालेका हुन् ।

युवाहरु राजु भुवाईं, कुष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सूर्यराज घिमिरेले उक्त फुड एन्ड मार्टमा सामूहिक लगानी गरेका हुन् । फुड एन्ड मार्टमा ३५ जनालाई रोजगारी प्रदान गरिएको छ । रेस्टुरेन्टमा पारिवारिक वातावरणमा विभिन्न स्वादिष्ट खानाका परिकारहरु पाइन्छ भने एक सय २० जना ग्राहकको क्षमता छ ।

त्यसैगरी मार्टमा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको छ । निकट भविष्यमानै स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तरकारी,फलफूल र मासु बिक्री केन्द्र राखिने सञ्चालक डिल्लीराम पनेरुले जानकारी दिए ।

पोखराका ७ युवाले १० करोड लगानीमा सेभन स्टार फुड एन्ड मार्ट सञ्चालनमा ल्याएका हुन्

उद्घाटनपछि बोल्दै प्रमुख शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताए । उनले देशको माटोको माया गररेर जन्मभूमिमै कर्म गर्ने युवाप्रति सधैं गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहाने युवालाई सबैले प्रोत्साहन गरेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए । प्रमुख शेरचनले आफू कन्दमूल खाएर गाउँ घरका आँगन पिँढीमा सुतेर आएको मान्छे भएकाले प्रदेश प्रमुख हुनुमा कुनै दम्भ र घमण्ड नभएको उदाहरण दिँदै युवा व्यवसायीलाई पनि कुनै घमण्ड नराखी सामजिक छविको साथ व्यवसायी पहिचान बनाउन सुझाव दिए ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव पहारीले सामूहिक भावनाबाट सुरु भएको व्यवसायको सफलताको शुभकामना दिँदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिए । उनले विकासको सूचक पूर्वाधार मात्र नभइ स्वदेशमा कति युवा उद्यमशीतमा छन् कतिले रोजगार पाएका छन् भन्ने कुराले पनि निर्धारण गर्ने भएकाले युवालाई स्वदेशमा लगानी गर्ने वातावरणमा सबैले साथ दिनुपर्नेमा जोड दिए ।

प्रदेश सभा सदस्य विन्दुुकुमार थापाले कोभिड– १९ को कारण धेरै व्यवसायी व्यवसायबाट पलायन भइरहेको अवस्थामा ७ युवाको साझा उद्देश्यले फुड एन्ड मार्ट सञ्चालनमा आउनु सकारात्मक भएको बताए । उनले साझेदारी व्यवसायलाई दीर्घकालिनसम्म लैजान पारदर्शिता आवश्यक हुने औल्याए ।

पोखरा –३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले समृद्धिको सपना कर्मले स्थापित हुने बताउँदै युवालाई सबैले हौसला दिनुपर्ने धारणा राखे ।

पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनार सामूहिक भावनामा शक्ति हुने भएकाले आर्थिक समृद्धिमा युवाको सहभागिता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उक्त फुड एन्ड मार्टका अध्यक्ष राजु भुवाईंले स्वदेशमा नै केही गरौं भन्ने सामूहिक भावना भएका ७ जना युवा साथीहरु मिलेर १० करोडको लगानीमा व्यवसाय सञ्चालनमा ल्याएको जानकारी दिए । उनले भने, ‘हामीले भौतिक संरचना निर्माण गर्दै गर्दा कोभिड –१९ को चपेटामा प¥यौं, तर पनि हामी विचलित नभई चुनौतीभित्र अवसर खोजेर अगाडि बढ्यौं र आज सञ्चालनमा ल्याउन सफल भयौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width