विप्लवले भने : सरकारसँग वार्ता गर्न तयार छौँ

Avatar आदर्श समाज सम्वाददाता
फागुन ८, २०७७
biplab

पाेखरा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफूहरु सरकारसँग वार्ता गर्न तयार रहेको बताएको छ।

महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै आफूहरु वार्ताका लागि तयार रहेको जनाएका हुन्।

उनले भनेका छन्, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो।’

विज्ञप्तिमा भनिएको छ, ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय जानकारी गराउँदछौँ।’

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग