दाहाल-नेपाल समूह छाडेर ओली समूहमा फर्किए  पूर्वमन्त्री तामाङ दम्पति

Avatar आदर्श समाज सम्वाददाता
फागुन ८, २०७७
sher bahadur tamang

काठमाडौं – पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती पुनः नेकपाको ओली समूहमा फर्किएका छन्।  तामाङले नेपालसमयसँगको प्रतिक्रियामा आफूहरू दाहाल-नेपाल समूह छाडेर ओली नेतृत्वको नेकपामा फर्किएको जानकारी दिए।

अर्को समूहमा उभिन नसक्ने परिस्थिति बनेपछि फर्किएको उनको भनाइ छ।

तामाङसँगको कुराकानीको अंश

नेताहरूसँग छलफल भयो। हामीले एउटा दृष्टिकोण समातेर अघि बढ्ने हो। जुन दृष्टिकोण हुन्छ, त्यसमै उभिने भन्ने कुरा हो।

पार्टी अलग भइसकेको छैन। त्यसो भएको हुनाले अब अहिले केपी ओलीले नेतृत्व गरेको नेकपामा उभिने निर्णयमा पुगेका हौं।

व्यक्तिगत जीवनमा कतिपय परिस्थितिहरू अप्ठ्यारा खालका पनि हुन्छन्। उतारचढाव हुन्छ। तर, अन्तिममा दृष्टिकोणले नै काम गरेर अन्तिम निर्णय लिने भन्ने कुरो हुन्छ। त्यस्तो चिजको व्यवस्थापनको जरुरी पनि हुन्छ।

दृष्टिकोण मुख्य कुरा हो। त्यसैले अर्को समूहमा उभिन नसक्ने परिस्थिति बनेपछि केपी ओलीको नेतृत्वमा लाग्ने निर्णय गरेका हौं।

हामीले नेपालको लोकप्रिय कम्युनिष्ट आन्दोलन विकास गरेका थियौं। त्यो विकास गरेको लोकप्रिय कम्युनिष्ट आन्दोलन अहिले संकट परेको छ। त्यसलाई बचाउनका लागि लाग्ने हो।

अब सबै ढिलोचाँडो मूलघरमा संगठित हुने नै हो। छानो छुहिएको होला, जग हल्लेको होला, त्यसलाई मजबुत बनाउने हो सबै लागेर।

अब सबै बनाउनतर्फ लाग्छौं। अब पूर्व एमालेहरू मूलघर अर्थात् केपी ओलीले नेतृत्व गरेको नेकपामा फर्किने हो। अब सबै फर्किन्छन् नेता कार्यकर्तादेखि लिएर मतदाताहरू र आमजनताहरू।

सबै संगठित भएर पहिले हामीले विकास गरेको एमालेको मूलधार जुन हो त्यसलाई विकसित गर्छौं। त्यसलाई बनाउछौं। त्यसलाई आज अलिअलि चोट परेको छ। त्यसलाई उपचार गरेर निको पार्छौं।

ओली नेतृत्वको नेकपामा पूर्व माओवादी साथीहरू पनि हुनुहुन्छ। सबै मिलेर बनाउने हो। पार्टी त एकीकरण गर्न मिल्छ। अरू पार्टीका मानिसहरू त प्रवेश गर्छन्। अहिले त सबै नेकपा भएका छन्। पूर्व माओवादी साथीहरू पनि यहीँ हुनुहुन्छ। उहाँहरू कम्युनिष्ट पार्टीकै सदस्यहरू हो। त्यसैले कम्युनिष्ट पार्टीको मूल नेतृत्वमा नै हुनुहुन्छ नि।

Related News

सम्बन्धित समाचार

    • बागलुङको बलेवामा १० दिन लकडाउन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमणको पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र १० दिनका लागि लकडाउन घोषणा गरिएको…
    • अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      हेमजा । अन्नपूर्ण गाउँपालिकाका सुत्केरीलाई कुखुरा र कम्बल प्रदान गरिएको छ । ‘उपाध्यक्षसँग सुत्केरी’ कार्यक्रम अन्तर्गत उनीहरुलाई जनही २ वटा पोथी…
    • पत्रकार महासंघ कास्कीको पदस्थापन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीको हालै निर्वाचित नयाँ कार्यसमितिको मंगलबार सपथ ग्रहण तथा पदस्थापन गरिएको छ । निर्वाचन समिति…
    • ‘घर जलेर खरानी भो’

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      दमौली। भैँसी र बाख्राको गोठ छेवैमा अस्थायी रूपमा खरले छाएको टहरा छ । ६ वटा काठको खाँबामा एककोठे बराबरको टहरामुनि भुइँमा…
    • कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकीरियामा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग