पोखरा उद्योग वाणिज्य संघको फुटपाथ तथा बजार व्यवस्थापन उपसमितिले पोखराको पार्किङ समस्या सुल्झाउन उद्योगी व्यवसायीसँग सुझाव संकलन थालेको छ ।
कार्यक्रममा पोउवा संघ अध्यक्ष नारायण कोइरालाले संघले यसअघि पनि पोखराको फुटपाथका हुने अनधिकृत व्यापार हटाउन पहल गरेको स्मरण गर्दै पार्किङ समस्या समाधानको पनि उपाय खोजिएको बताए । उनले अहिले देखिएको समस्या समाधानका लागि पोखरा महानगरपालिकासँग सहकार्य गर्न संघ तयार भएको जानकारी दिए । उनले व्यवसायीले दिएका सुझाव आधारमा संघले आफ्नो धारणा बनाउने र समस्या सल्टाउन महानगरलाई आग्रह गरिने जानकारी दिए ।
संघ उपाध्यक्ष तथा फुटपाथ तथा बजार व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेलले अव्यवस्थित पार्किङका कारण पोखराले आफ्नो सुन्दरता पनि गुमाएको र व्यवसायमा पनि ठूलो असर पु¥याएको चर्चा गर्दै व्यवस्थित पार्किङको लागि नै कार्यक्रम आयोजना गरिएको बताए ।
व्यवसायी लक्ष्मण श्रेष्ठले पार्किङ शुल्क लिने गरी कार्डको व्यवस्था गर्न तथा सडकको एकातिर गाडी र अर्कोतिर मोटरसाइकल पार्किङ गर्दा राम्रो हुने बताए ।
अर्का व्यवसायी शेषकान्त ढकालले दोकान अगाडि सामान झार्दा र लैजाँदा पनि पार्किङ शुल्क माग्ने गरिएको बताउँदै स्थायी पार्किङ स्थल निर्माण हुनुपर्नेमा जोड दिए ।
त्यस्तै, चन्द्रेश्वर बस्ताकोटीले मोटरसाइकलमा डुलेर पार्किङ शुल्क उठाउने गरिएको बताउँदै १–१ घण्टामा पार्किङ शुल्क लिने परिपाटी गलत भएको बताए ।
संघका पूर्व उपमहासचिव रामजी बास्तोलाले पार्किङ शुल्क व्यवहारिक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा व्यवसायी नरेन्द्र आचार्यले नगरबसले जता पायो त्यतै मान्छे झार्ने र ओराल्ने गर्दा समस्या परेको बताए । संघका पूर्व उपाध्यक्ष मीनराज काफ्लेले महानगरले जग्गा व्यवस्थापन गर्दै सशुल्क पार्किङ स्थल बनाउनुपर्नेमा जोड दिए ।
संघका पूर्व उपाध्यक्ष माइकल कर्माचार्यले पार्किङ व्यवस्थापनको लागि महानगरले सार्वजनिक निजी साझेदारीको अवधारणामा टेकेर निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।
व्यवसायी रामकृष्ण ढुंगाना, बालकृष्ण कोइराला, हरिराज पन्त, व्यवसायी बासु त्रिपाठी, विष्णुप्रसाद तिमिल्सिना, किरण ढकाल, देवराज आचार्यले पार्किङको लागि बनाइएको अन्डरग्राउन्ड सोही प्रयोजनमा लगाउन, आकासे पुलहरु बनाउन, ट्राफिक अवस्थाबारे जानकारी दिन एप्सको निर्माण गर्न र व्यवस्थित पार्किङस्थल निर्माण गर्न बढी जोड दिएका थिए ।
संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले व्यवसायीका सुझावलाई संघले गम्भीरतापूर्वक लिएको बताए ।
Related News
सम्बन्धित समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
hero news full width
मुख्य समाचार
गण्डकीमा खोप भण्डारगृह शिलान्यास
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७