मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार महिला तथा पुरुष दुवैतर्फ सेमीफाइनल खेल हुने प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।
पोखरा रंगशालाको भलिबल कोर्टमा बिहीवार महिलातर्फको पहिलो खेलमा म्याग्दीले स्याङ्जालाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको छ ।
म्याग्दीले पहिलो सेट २५–०५ ले आफ्नो कव्जामा पारे पनि दोस्रो सेटमा भने २८–२६ ले संघर्षपूर्ण जित निकालेको थियो । दोस्रो खेलमा तनहुँले मुस्ताङलाई २५–७ र २५–९ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको हो । तेस्रो खेलमा पर्वतले नवलपुरलाई २५–८ र २५–५ सेटमा हराउँदा अर्को खेलमा कास्कीले बागलुङलाई २–१ सेटमा पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गर्याे । १९–२५, २५–२३ र २५–१८ को सेट निकालेको कास्कीले जितसँगै फाइनल प्रवेशका साथ पर्वतसँग भिड्ने छ ।
उता, पुरुषतर्फ स्याङ्जा, पर्वत, म्याग्दी र तनहुँ सेमीफाइनल प्रवेश गरेको छ । पुरुषतर्फको पहिलो खेलमा स्याङ्जाले बागलुङलाई २५–२० र २७–२५ को सोझो सेटमा हराएको प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।
दोस्रो खेलमा म्याग्दीले कास्कीलाई २५–१९ र २५–१२ को सेटमा पाखा लगाएको हो । तेस्रो खेलमा तनहुँले नवलपुरलाई २५–१८ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो । पर्वत भने गोरखाले अन्तिम समयमा नखेल्ने जनाएको कारण सिधैँ सेमिफाइनल प्रवेश गरेको हो ।
शुक्रबार पहिलो सेमिफाइनलमा स्याङ्जाले पर्वतसँग र अर्को सेमीमा कास्की–तनहुँ आमनेसामने हुनेछन् ।
महिला–पुरुष दुवैतर्फ विजेताले २ लाख, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । तृतीयले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडी, उत्कृष्ट सेटर, डिफेन्डर, स्पाइकर र लिफ्टरलाई जनही ५ हजार पुरस्कार दिइने आयोजक कास्की जिल्ला भलिबल संघ अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
भेट्रान फुटबलमा २८ टिम
बिटी कपमा प्रिक्वाटरका खेल जारी
चितवन सुपर जनरल क्रिकेट लिगको सेमिफाइनलमा
श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७