रुपामा कस्तो बने कानुन ?

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७७
RUPA News 2077

रुपा गाउँपालिकाका ऐन तथा कार्यविधिमाथि पुनरावलोकन भएको छ ।

सयपत्री समाजको आयोजनामा भएको एक अन्तक्रियामा अधिवक्ता गिरधारी सुवेदीले ज्येष्ठ नागरिक परिचयपत्र वितरण निर्देशिका २०७५, रुपा गाउँपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५, स्थानीय तहको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि २०७५ माथि समीक्षात्मक टिप्पणी गरे ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नेपालको संविधानको अनुसूची ८ को प्रावधान अनुरुपको स्थानीय तहको एकल अधिकार सूची बमोजिम कानून बनाउने अधिकार रहेको भएतापनि स्थानीय तहको कानून निर्माणमा नक्कल गरिने समस्या व्यापक रहेकोमा चिन्ता व्यक्त गर्दै बनाएका ऐन कानून उपयोगी छन् वा छैनन् भनी हामी आफै स्पष्ट हुनुपर्ने सुझाव दिए ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले सबै वर्ग, क्षेत्र र स्तरलाई समेट्ने काुनन निर्माण गरेको दाबी गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले पुनरावलोकन गरिएका ऐन, कानूनका विषयमा सुष्म ढंगले केलाउँदै निर्माण गरिएका ऐन, कानुनमा भुलचुक समेट्न नसकिएका कुराहरु छलफल गरि समेट्दै लैजाने कुरा व्यक्त गरे ।

साथै गाउँपालिका उपाध्यक्ष लालसुब्वा गुरुङले महिला, आदिवासी तथा विपन्न वर्गहरुको जीविकोपार्जन र आर्यआर्जनकोे लागि सीपमूलक कार्यक्रम सञ्चालनको अवसरको विषयलाई पनि कानुनमा समेट्नु पर्ने बताइन् । साथै कानुन निर्माणमा विज्ञता, निश्चित कानूनी मापदण्ड र नागरिकको आवश्यकतालाई विशेष ध्यान दिनु उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width