संसद पुनःस्थापना वा मध्यावधि निर्वाचन भन्नेमा विचार कांग्रेसभित्र धु्रवीकरण भएको छ । एकाथरीले पुनःस्थापनामा जोडबल गरेका छन् भने अर्कोथरी मध्यावधि चुनावको तयारीमा छन् । संसद फर्काउने अभियानको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । सभापति शेरबहादुर देउवा अदालतलाई सिरानी हालेर मध्यावधिको तयारीमा जुटेका छन् ।
बिहीबार पोखरामा मगर संघको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले सर्वोच्चको फैसलामा कांग्रेस तयार रहने बताए । संसद विघटनले देशलाई ध्रुवीकरणतर्फ धकेलेको तर्क गर्दै उनले त्यसको फैसलाको जिम्मा सर्वोच्च अदालतसँग मात्रै भएको र त्यो कांग्रेसका लागि स्विकार हुने बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई धेरै ठूलो धु्रवीकरण गरेका छन् । कसैले विघटनलाई ठिक हो भनेका छन्, कसैले ठिक होइन भनेका छन् । कोही पुनःस्थापना हुनुपर्छ भन्छन्, कोही चुनाव हुनुपर्छ भन्छन्,’ उनले भने, ‘अहिलेको बेला अदालतलाई यसो गर, उसो गर भनेर हुँदैन । अदालतले पुनःस्थापना गराउँछ स्विकार्य छ । चुनाव गराउँछ त्यो पनि स्वीकार्य छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सडकको भीडले अदालतको फैसलामा कुनै प्रभाव नपर्ने भन्दै विरोध गर्नु जरुरी नरहेको औंल्याए । ‘वकिल राख्न पाइन्छ । राम्रो वकिल राखेर बहस गराउने हो । तर सडकमा जुलुस निकालेर अदालतलाई दबाब दिने होइन,’ उनले भने, ‘हामीसँग पैसा पनि छैन । जवर्जस्ती मान्छे थुपार्न पनि सकिँदैन । जुलुसमा कति मान्छे आयो भनेर फैसला गर्ने पनि होइन ।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाको तर्कको खण्डन गरे । कम्युनिष्टले पार्टीभित्र झगडा प¥यो भनेर संसदमाथि प्रहार गर्ने ? यस्तो कुरालाई कांग्रेसले हेरेर बस्न सक्छ ? केन्द्रीय समितिले केपी ओलीको कदम अलोकतान्त्रिक हो भनेर निर्णय गरेको छ,’ उनी भन्छन्, ‘त्यसकै आधारमा साथीहरुले देशभर ¥याली गर्नु भएको छ । विरोध गर्नुभएको छ । अनि पार्टीका नेताहरुले जनतालाई कन्फ्युजनमा पार्ने कुरा बोलेर हिड्ने ? जे मन लाग्यो त्यही बोलेर हिड्ने ?’
पौडेलले पार्टीको शीर्ष नेताहरुले नै जनतालाई भ्रममा पार्ने अभिव्यक्ति दिँदै हिडेको भन्दै उनले ठालुतन्त्र बन्द गर्न चेतावनी दिएका छन् । ‘सहिदले बलिदान दिएर ल्याएको यो लोकतन्त्रलाई राम्रोसँग चलाउन सकेनौं । हामी नेताहरुले लोकतन्त्रको सट्टा ठालुतन्त्र चलाएका छौं, देउवालाई लक्षित गरी उनले थपे, ‘म भन्छु, देशलाई लोकतन्त्र चाहियो, ठालुतन्त्र हुँदैन ।’
अदालतको मात्रै भरमा छोड्न नहुने भन्दै उनले सही फैसलाका लागि दबाब दिनुपर्ने बताए । सबै फैसला संविधान अनुसार हुनुपर्ने उनको जिकिर छ । ‘संविधान फाल्ने नियतले काम भैरहेको छ । अदालतले रोकेन भने देशमा गृहयुद्ध आउन सक्छ । अफ्गानस्तानको दिशातर्फ जान सक्छ,’ उनी भन्छन्, ‘मलाई विश्वास छ, यो पुनःस्थापना हुन्छ । त्यसका लागि दबाब दिऔं । सबै कुरा अदालतलाई मात्रै पन्छाएर हिड्यौं भने हाम्रो के काम ? पार्टीको के काम ? नेताको के काम ?’ अन्यायको विरुद्ध कांग्रेसले आवाज उठाउनुपर्ने उनको तर्क छ । ‘यो कुरा कांग्रेसले किन नभन्ने ? कांग्रेसले किन चुनाव चुनाव भन्ने ? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो । तर संविधान बच्यो भने बल्ल चुनावको अर्थ हुन्छ,’ पौडेलले भने ।
Related News
सम्बन्धित समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
hero news full width
मुख्य समाचार
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७