दमौली अस्पताल जाने मुख्य गेट । गेटको आडैमा छ, भक्तपुरेशैलीको कलात्मक धारो । त्यही धारोले मेटाउँछ, दमौली बजारमा आउने सर्वसाधारणको तिर्खा ।
बजार क्षेत्रमा सार्वजनिक धारा अभावले व्यास नगर जेसीजले दमौली अस्पतालको गेटमै धारा निर्माण गरिदिएको हो ।
आफ्नो काम लागि दमौली बजार क्षेत्रमा हिँड्ने बटुवा, कामदार पैदलयात्री तथा सर्वसाधारणलाई तिर्खा लागेको बेला प्यास मेटाउन सार्वजनिक धारा निर्माण गरिएको क्लब महासचिव अजर नागीले जानकारी दिए । उनले भने, ‘जिल्ला सदरमुकाम रहेको बजारमा कहीँ पनि पानी पिउन सार्वजनिक धारा छैनन् । सर्वसाधारणलाई किनेर र मागेर पानी पिउन बाध्य छन् ।’
आफ्नो काममा बजार आउने सर्वसाधारणको लागि सहजहोस् भनेर हामीले दमौली अस्पतालको प्रवेशद्वारमै धारा निर्माण गरेका छौंै,’ उनले अघि भने, ‘सामाजिक कार्य गर्ने हेतुले हामीले सर्वसाधारणको समस्या बुझेर कलात्मक जेसीज धारो निर्माण गरेका हौं ।’
तीन लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको धारो व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । बजार आउने सर्वसाधाणले पानी किनेर र मागेर खानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । जेसिसले नेतृत्व विकास र युवाको क्षमताको विकाससँगै सामाजिक कार्यमा आफूलाई अब्बल बनाएको समेत बताए ।
व्यास ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले धारालाई निःशुल्क पिउनेपानी प्रबन्ध गरेकोमा धन्यवाद ज्ञापन गरे ।
वडा सदस्य रविन पौडेलले क्लबले निर्माण गरेको धाराले पैदलयात्री र सर्वसाधारणलाई सहज हुने बताए । मूलबाट आएको पानी युरोगार्ड मार्फत प्रशोधन गरेर पिउने प्रबन्ध गरिएको जनाएको छ । यसका लागि २ बेग्लै ट्यांकीको व्यवस्था क्लबले गरेको छ । धारा आकर्षक मात्र नभएर सबैलाई पायक पर्ने ठाउँमा निर्माण गरिएको अध्यक्ष लक्ष्मीभक्त खनालले बताए ।
Related News
सम्बन्धित समाचार
फोनिजको डिजिटल जर्नालिजमबारे अन्तरक्रिया
कोरोनाले छेक्यो कोरियाको बाटो
मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज
उडुस मार्दै रात काट्दै कैन्दीबन्दी
विकराल बन्दैछ विपद् : न बन्यो विधि, न भित्रियो प्रविधि
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७