लेखनाथ उद्योग वाणिज्य संघले तालचोकको महोत्सवस्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद बिक्री केन्द्रमा महिला व्यवसायीले कृषिमा आधारित घरेलु उत्पादनको कोसेली घर सञ्चालनमा आएको छ ।
लेखनाथ महिला व्यवसायीको कृषि फर्म नाम दिएको कोसेली घरमा स्थानीयस्तरमा उत्पादित वस्तु बजारीकरणमा सहयोग पुग्ने गरी बिक्री केन्द्र स्थापना गरी पसल सञ्चालनमा ल्याइएको हो ।
प्रांगारिक खेती कृषि उद्यमी समूह अध्यक्ष मीना गुरुङले स्थानीयस्तरमा कृषिमा आधारित उत्पादन व्यवस्थित तरिकाले प्याकेजिङ गरेर बजारीकरण गर्ने हो भने महिलाको आयआर्जनमा वृद्धि हुने र रोजगार सृजना हुने विश्वास दिलाइन् ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले महिलाको अग्रसरतामा कृषिलाई व्यावसायिक बनाउन योजना फलदायी भएकाले महाशाखातर्फबाट सहयोग रहिरहने विश्वास दिलाए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष बलराम ढकालले किसानबाट उत्पादित वस्तु संकलन गरी सिधैँ किसानबाट उपभोक्तासम्म पु¥याउने उद्देश्यले कृषि उपज खरिद बिक्री केन्द्र स्थापना गरिएको बताए ।
प्रधानमन्त्री कृषि आधुनिक सुपरजोन कास्कीका प्रमुख अजय अधिकारीले महिलाहरु आफ्नो घरायसी काममा मात्र नभै, आफूलाई स्वरोजगारी बनाउन कृषिमा आधारित उत्पादन प्रवद्र्धनमा लाग्नु पर्ने सुझाव दिए ।
लेखनाथ उद्योग वाणिज्य संघअन्तर्गत महिला परिचालन उपसमिति संयोजक मेनाका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष बावुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, समिति सल्लहकार तारा शर्मा ढकाल लगायतले आर्थिक रुपान्तरणका लागि महिलाहरु सामूहिक रुपमा अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए ।
महिला परिचालन उपसमिति सहसंयोजक शान्ति खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सदस्य सचिव बुद्धिमाया मगरले गरेकी थिइन् ।
कोसेली घरमा २५ जना उद्यमी महिला संलग्नता छ ।
Related News
सम्बन्धित समाचार
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग
सुनकाे मूल्य १७०० ले घट्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७