पोखरा, ६ मंसिर । गुल्मीको रेसुङ्गामा बुधबार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते छन् ।
सदरमुकाम तम्घासबाट पराल्मी जाँदै गरेको लु १ ज १९८८ नं को जिप बुधबार साँझ ६ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा रेसुङ्गा १४ ठुलोपधेँराका २७ वर्षीया गोमा नेपाली, २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षीय एकराज पोखरेलको मृत्यु भएको हो । तीमध्ये पोखरेलको घटनास्थलमै र अन्य २ को गुल्मी अस्पतालमा उपचारक्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते ७ मध्ये गम्भीर २ जनालाई पाल्पा रेफर गरिएको छ भने ५ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । जिपचालक भरत पोखरेल समेत घाइते छन् ।
जिपमा सवार २ जना भने हाम फालेर बाँच्न सफल भएका छन् । कच्ची सडक भएको र पानी परेको हुँदा जिप चिप्लिएर दुर्घटनामा परेको हुन सक्ने गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नवलपुरमा गैंडाको आक्रमणबाट ४४ वर्षे महिलाकाे मृत्यु
ट्रक ठोकिँदा दुईजनाको मृत्यु
प्युठानमा सुत्केरीको मृत्यु
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७