पोखरा। शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ लोकार्पण भएको छ ।
कुँवरको ७५ औं जन्मोत्सव अवसरमा मंगलबार आयोजित समारोहमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति वरिष्ठ फिजिसियन प्राडा बुद्धिबहादुर थापाले पुस्तक विमोचन गरे ।
अलौकिक कवि देशभक्तसिंह कुँवर प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ सूर्य खड्का बिखर्ची, समालोचक मदन भण्डारी, निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष तोयनाथ लामिछाने, डा. मुकुन्दप्रसाद आचार्य, समाजसेवी जेबी कुँवर, रोमबहादुर कार्की, कलाकार राजेन्द्र अधिकारी अपूर्णा, मुमताज कुँवर, पुस्तक सम्पादकत्रय विजय नेपाल, कमलराज ढुंगाना, देशभक्तसिंह कुँवरलगायतले मन्तव्य व्यक्त गर्दै स्रष्टा कुँवरको दीर्घायुको कामना गरे ।
प्रतिष्ठान अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चारकर्मी तिर्सनालक्ष्मी गुरुङ र सञ्चालन गीतकार सुमन श्रापितले गरेका थिए । सञ्चारकर्मी अम्बिका राणाले स्रष्टा परिचय राखेकी थिइन् ।
पोखराको शिक्षा, साहित्य, पत्रकारिता, राजनीतिक तथा समाजसेवामा योगदान पु¥याएका कुँवरले योसहित ८ कृति सार्वजनिक गरिसकेका छन् ।
यसअघि उनको जीवनीसंग्रह प्रकाशित भैसकेकोमा ‘जीवन कथा’ भने आत्मवृतान्तमा आधारित छ । जीवनकालमा भोगेका विभिन्न घटनाक्रम, विगतको वस्तुस्थिति लगायतबारे झण्डै सय शीर्षकमा समेटिएको छ । आफूले सम्झे जति विषयवस्तु यथार्थ घटनामा आधारित रहेर लेखेको हुँदा पुस्तक उपयोगी हुने उनको धारणा छ । पुस्तक प्रकाशक पोखरा वाङ्मय प्रतिष्ठानले पुस्तकबाट विगतको पोखरा चिन्ने अवसर मिल्ने भएकोे जनाएको छ । पुस्तक ३ सय १० पृष्ठको छ ।
मेघा एफएमले व्यवस्थापन गरेको कार्यक्रममा आयोजकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा थापालाई स्वास्थ्य सेवामा पु¥याएको कदर गर्दै सम्मान गर्नुका साथै सहयोगीलाई सम्मान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
रवीन्द्र मिश्रको नयाँ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने
कृष्णदीपको उपन्यास ‘सेकुवा’ माथि चर्चा
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
जीवनसागर भण्डारीको मुक्तक संग्रह ‘असुरक्षित गुलाब’ लोकार्पण
३३३ औं समता काव्य सन्ध्या
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फागुन १४, २०७७