नवलपरासी। गोलभेंडाले बजार नपाएपछि पश्चिम नवलपरासीको बर्दघाटका किसानले बर्दघाट नगरपालिका परिसरभित्रै टमाटर फालिदिएका छन् ।
स्थानीय किसानको उत्पादनले बजार नपाउने र भारतीय आयातित टमाटर खुलेआम बिक्री भएको भन्दै उनीहरुले सोको विरोधमा आफूले उत्पादन गरेको टमाटर फालेका हुन् ।
नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर विरोध जनाएको स्थानीय किसान नीलकण्ठ नेपालले बताए ।
किसानले नगर प्रमुख धीरज शर्मा बस्याललाई ज्ञापनपत्र बुझाउन नगर प्रमुखको उपस्थित हुनुपर्ने माग गरे पनि बस्याल उपस्थित भएनन् । नगर प्रमुख ज्ञापनपत्र बुझ्न नआएको भन्दै किसान थप आक्रोशित हुँदै नाराबाजी गरेका थिए । किसानले बस्यालको कार्यकक्षमा पनि टमाटर फाल्न खोज्दा नगर प्रहरीले रोक्ने प्रयत्न गरेको थियो । किसानले २ गाडीमा ३० क्विन्टल टमाटर ल्याएर नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा फालेका हुन् ।
बर्दघाट नगरपालिका वडा ७ र १४ का किसानले अहिलेको बजार मूल्य अनुसार ३० हजार बराबरको टमाटर फालेका हुन् ।
नगरपालिका प्रवक्ता एवं वडा ४ का वडाध्यक्ष रवीन्द्रविक्रम हमालले किसान स्वयं आन्दोलित हुने स्थिति सिर्जना हुनु दुखद भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर इन्चार्ज रुद्रप्रकाश उपाले आफूहरु किसान आन्दोलनको पक्षमा रहेको बताए । उनले उत्पादित वस्तुको बजारीकरणका लागि जिम्मेवार बन्न नगरपालिकालाई सचेत गराएका थिए ।
बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले भुइँमा पोखिएको टमाटर नभई किसानले गरेको मिहिनेत र पसिना बगेको टिप्पणी गरे ।
यसैबीच, नगरपालिकाबाट आफ्नो मागबारे कुनै सुनुवाइ नभए थप कडा आन्दोलनमा उत्रिने किसानको चेतावनी छ ।
Related News
सम्बन्धित समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग
सुनकाे मूल्य १७०० ले घट्यो
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७