पोखरा । पोखरामा ‘गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता’ मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिनमा महिला र पुरुषतर्फ गरी ५ खेल भएका छन् । मंलगबार सम्पन्न महिलातर्फको लिग चरण अन्तर्गतका खेलमा म्याग्दीले नवलपुर, पर्वत र तनहुँ विजयी भएका छन् । पुरुषतर्फ स्याङ्जा र तनहुँले खेल जितेको छ ।
महिलातर्फ भएको पहिलो खेलमा म्याग्दीले नवलपुरलाई २५–०५ र २५–१५ ले पराजित गरेको हो । यसै गरी दोस्रो खेलमा पर्वतले स्याङजालाई २५–१६ र २५–२१ को सेटमा हराएको हो । तेस्रो खेलमा तनहुँले लमजुङलाई २५–१४ र २५–०६ ले पराजित गरेको हो ।
त्यसै गरी पुरुषतर्फ लिग चरण अन्तर्गत भएको खेलमा तनहुँले मुस्ताङलाई २५–१७ र २५–९ सेटले हराएको हो । पुरुषतर्फ कै अर्को खेलमा स्याङ्जाले कास्कीलाई २५–१९ र २५–१८ ले पराजित गरेको हो ।
उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मख्यमन्त्रीले गरेका हुन् । उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले प्रदेशलाई भलिबलको केन्द्र बनाउने बताए । गण्डकी प्रदेशमा भलिबल खेलको जग बलियो भएका कारण यसको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
सो अवसरमा प्रदेश सांसद राजीव पहारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, प्रतियोगिताका संयोजक खगेन्द्र गौचन लगायतले भलिबल खेल विकासका लागि लागिपर्ने बताए ।
उद्घाटनपछि हुने भनिएको खेल भने वर्षाका कारण स्थगित भएको छ । म्याग्दी र बागलुङबीच हुने भनिएको खेल बुधबार खेलाइने प्रतियोगिताका मुख्य रेफ्री टहलसिंह थापा मगरले जानकारी दिए । फागुन ८ गतेसम्म पोखरा रंगशालाभित्रको भलिबल टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा मनाङबाहेक प्रदेशका १० जिल्लाका महिला र पुरुष टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २/२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता दुवैले नगद १/१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०/५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५÷५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेन्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५÷५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक गौचनले जानकारी दिए ।
प्रतियोगिता अवलोकनका लागि टिकटको व्यवस्था गरिएको छ । पहिलो चरणका खेलका लागि ५० रुपैयाँ र सेमीफाइनल तथा फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
भेट्रान फुटबलमा २८ टिम
बिटी कपमा प्रिक्वाटरका खेल जारी
चितवन सुपर जनरल क्रिकेट लिगको सेमिफाइनलमा
श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७