गण्डकी प्रदेश प्रमुखले बुझे वित्त आयोगको प्रतिवेदन

आदर्श समाज सम्वाददाता
फागुन २, २०७७
Bitta aayog news

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

पोखरामा आइतबार आयोजित १ कार्यक्रमबीच प्रदेश प्रमुख शेरचनलाई आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रतिवेदनबारे जानकारीसहित हस्तान्तरण गरे । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भए पनि प्रयोगमा ल्याउन नसकिएको बताए । प्राकृतिक स्रोतसाधनको उत्खनन तथा प्रयोगमा प्रदेश सरकारले चासो दिनुपर्ने बताउँदै उनले प्राकृतिक स्रोतसाधन प्रयोगमा ल्याउन सकिए रोजगारी सिर्जना हुने उल्लेख गरे ।

प्रतिवेदन बुझाउँदै आयोगका सदस्य गुरुङले गण्डकी प्रदेशभित्र रहेका प्राकृतिक स्रोतसाधनको पहिचानमा आयोगले विशेष ध्यान दिएको बताए । संवैधानिक व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तहमा वित्त हस्तान्तरण तथा प्राकृतिक स्रोतसाधन बाँडफाँडमा आयोग अघि बढेको भन्दै उनले आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको जानकारी दिए । प्रतिवेदन हस्तान्तरणका अवसरमा प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेशका सचिव हरिप्रसाद बास्तोलाले समेत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width