पोखरा । गायिका सजना बास्तोलाको ‘याद’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
पोखरामा आइतबार आयोजित कार्यक्रममा गायक कर्ण दासले सो गीतको म्युजिक भिडियो सार्वजनिक गरे । सार्वजनिक गीत सजनाकै अफिसियल युट्युबमार्फत हेर्न सकिनेछ ।
सारेगम इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा सार्वजनिक गीतमा सजनासहित भिडियो निर्देशक समेत रहेका सुशील नेपालीको अभिनय छ । भिडियोमा संगीत विनोद बानियाँको छ भने संगीत संयोजन विनोद रसाइलीको छ । गीतको छायांकन कास्कीको अस्तामको अन्नपूर्ण इको भिलेज, पञ्चेबाजा म्युजियम, काहुँडाँडा र पामे लगायत क्षेत्रमा गरिएको हो । म्यूजिक भिडियोलाई महेन्द्र पराजुली र सफल पौडेलले खिचेका हुन् ।
गायिका सजनाले आफ्नो गीतमा म्युजिक भिडियो सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताइन् । २०७० सालदेखि संगीतमा लागेकी उनका यसअघि १ दर्जन गीत सार्वजनिक भइसकेका छन् ।
गायक कर्ण दासले पोखराले पछिल्लो समय राम्रा प्रतिभा जन्माएको उल्लेख गरे ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङ, संगीतकार विनोद बानियाँ, संगीतकार जयकुमार परियार, साहित्यकार दुर्गाबहादुर साह ‘बाबा’, युवा समाजसेवी राजन सुवेदी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
नृत्य र गायनमा सप्तरंगी प्रतिभाको खोजी हुने
आरतीको ‘लुकी लुकी मायाले’ सार्वजनिक
सुमन र जेबिकाले जिते गोल्डेन आइडल उपाधि
विनोद गौचनका गीतकाे म्युजिक भिडियो सार्वजनिक
धनबहादुर गायकको शोक सभा : साधना र सिर्जनाका कारण धनबहादुर गायक अम्मर रहनेछन्
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७