प्रेस स्वतन्त्रता सेनानी शर्मा पुरस्कृत

आदर्श समाज सम्वाददाता
फागुन २, २०७७
madhav sharma

पाेखरा । नेपाल पत्रकार महासंङ्घ गण्डकी प्रदेश समितिको दोस्रो साधारणसभा तथा अधिवेशनका अवसरमा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा सम्मानित भएका छन् ।

शर्मालाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट ५१ हजारसहित पुरस्कृत गरे ।

कार्यक्रममा सभामुख अधिकारीले पत्रकार जगत्ले सत्य र सही सूचना सम्प्रेषण गरेर समाज रुपान्तरण गर्नुपर्ने बताए ।

उनले पछिल्लो समयमा सत्य र तथ्य तोडफोड गरेर अफवाह फैलाउने काम भइरहेको जनाउँदै पत्रकारले सत्य समाचारमा जोड दिएर गालीगलोजको पत्रकारिता त्याग्नुपर्ने बताए ।

सम्मानित पत्रकार शर्माले पत्रकारिता क्षेत्रमा ५० वर्ष बिताएको अनुभव सुनाउँदै सम्मानले थप जिम्मेवारी बोध गरेको बताए ।  प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पत्रकारले आचारसंहिता पालन गर्नुपर्ने बताउँदै कोही कसैको व्यक्तिगत चरित्र हत्या गर्ने र जनतालाई दिग्भ्रमित गर्ने समाचार सम्प्रेषण गर्न नहुने धारणा राखिन्खन् ।

पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पेशागत मर्यादामा सबै पत्रकार बस्नुपर्ने बताए । पुरस्कार अक्षयकोषका संरक्षक गोपी भट्टराईले समाज रुपान्तरणमा भूमिका खेल्ने पत्रकार जगतप्रति केही गर्ने चाहना बुबाको रहेकाले उहाँको चाहनानुसार अक्षयकोष स्थापना गरिएको बतार्जा ।

Related News

सम्बन्धित समाचार

hero news full width