बन्दीपुरमा मरेको चितुवा फेला

rss रासस
फागुन १, २०७७
leopard

तनहुँ, १ माघ । तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ । बन्दीपुर गाउँपालिका–५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो ।

अन्दाजी सात/आठ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुनेसक्ने प्रारम्भिक आँकलन गरिएको छ । थप कारणबाट विस्तृत अनुसन्धानबाट खुल्ने उहाँले बताउनुभयो ।

विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाको सङ्ख्या आठ पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैँचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतवस्थामा फेला परेको थियो ।

Related News

सम्बन्धित समाचार

    • प्रधानमन्त्रीको शपथ आज

      rss रासस वैशाख ३१, २०७८
      काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी…
    • आइसोलेशनका लागि चिकित्सक नियुक्त

      rss रासस वैशाख ३१, २०७८
      दमौली । तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि एमबिबीएस चिकित्सक नियुक्त गरेको छ । आइसोलेशनमा…
    • भेन्टिलेटर र आइसीयू प्रयोगविहीन

      rss रासस वैशाख ३१, २०७८
      दैलेख । गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र…
    • बैंकमा ५० हजार बढी जम्मा गर्नुपर्ने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल…
    • निषेधाज्ञामा उपभोग्य वस्तु महङ्गियो

      rss रासस वैशाख ३१, २०७८
      फुङ्लिङ । ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग