हेमजा । सराङकोट लेकका कृष्णप्रसाद चपार्इंलाई लाग्थ्यो, गाउँमा कहिले विकास होला ? सुविधा खोज्न पोखरातिरै झर्नुपर्ने पो हो कि ? गहिरो चिन्तामा थिए उनी । तर केही वर्ष अन्तरालमै वरिपरिका गाउँवस्तीमा विकास भित्रियो ।
यत्तिकैमा कृष्णप्रसादले विदेशीले आफ्नो गाउँमा होटल निर्माणका लागि जग्गा खरिद गर्न लागेको सुुने । छिमेकी सूर्यप्रसाद तिमिल्सिनाले पनि आफ्नै उत्पादन खुवाउने गरी होटल खोल्न लागेको थाहा पाए । तै पनि उनीहरुलाई पत्यारै लागेन । गाउँका डाँडामा ठूलो लगानीमा होटल खुल्लान् र होटलकै कारण ‘एक घर, एक रोजगारी’ जस्तो सिर्जना होला भन्ने । साथै भिआइपी पर्यटक आउलान्, आफ्नै खेतबारीमा फलेको स्थानीय उत्पादन खालान् भन्ने पनि यिनमा सुरुआतमा रत्तिभर विश्वास थिएन ।
ठीकविपरीत केही वर्षमै गाउँमा होटल निर्माणले तीव्रता पायो । कृष्णप्रसादको घर पूर्वतिर करिब २ अर्ब लगानीमा जापानीजले अन्नपूर्ण भ्यू र स्थानीय सूर्यप्रसाद तिमिल्सिनाले ५ करोड लगानीमा डल्सिफाई कटेज एन्ड अर्गानिक फार्म हाउस निर्माण गर्ने तयारी गरे । त्यस्तै घरबाट पश्चिम–उत्तरतिरको डाँडामा होटल वाराहीको शाखाको रुपमा सराङकोट म्याउन्टेन लज निर्माणले पूर्णता पायो।
होटल निर्माणले तीव्रता पाएसँगै क्रमशः गाउँको बाटो पिच भयो । बोरिङ गरी खानेपानी समस्या पनि ट¥यो । गाउँ नै झिलीमिली भई बजारमा बसेको भान हुन थाल्यो । कृष्णप्रसादको ५ वर्षअघि सम्मको कल्पना परिवर्तन भयो । फलस्वरुप उनले कृषि पेसासँगै किराना पसल पनि सञ्चालनको निधो गरे । ३४ वर्षीय उनी अहिले गाउँमै बसेकोमा फुरुङ्ग छन् । गाउँघरमा जग्गाजमिन पनि प्रशस्त नै छ । उत्पादन गरे घर नजिक खुलेका होटलले नै खरिद गरिदिन्छन् । बस्दा बजारका जस्तो भाडा तिर्नु पनि परेन । उनी खुसीसाथ गाउँमै कर्म गरिरहेका छन्।
कृष्णप्रसाद एक प्रतिनिधि पात्र हुन् । उनी जस्तै कास्कीका सयौैं युवा यतिबेला आफ्नै घरगाउँमा रमाइरहेका छन् । रोजगारी अवसर गाउँटोलमा नै खोजिरहेका छन्। सराङकोटदेखि नागडाँडासम्म विभिन्न डाँडामा अहिले होटल खुल्ने क्रम जारी छ । ढिकुरपोखरी र कास्कीकोट सीमा क्षेत्रमा निर्माणाधीन ४५ किज बुटिक रिर्सोट एन्ड स्पा पनि नमुनाको रुपमा पर्दछ । करिब ८० करोड लगानीमा सिंगापुर नागरिकले उक्त स्थानमा होटल बनाइरहेका छन् । सो रुटका विभिन्न डाँडामा जस्तै पोखरा नजिक रहेका कास्कीका अधिकांश डाँडा आजकल होटलमय बनेको देखिन्छ । यहाँ होटल तथा होमस्टे बन्ने क्रम तीव्र छ । केही होटल निर्माणसँगै पर्यटकको प्रतीक्षामा छन् भने केही निर्माणकै चरणमा छन् ।
विशेषगरी सराङकोट, लामागाँउ, ग्यारजाति, कास्कीकोट, ढिकुरपोखरी, धम्पुस, रुपाकोट, घान्दु्रक, अस्ताम, ल्वाङ, घलेल, लुम्ले लगायत स्थानका डाँडामा होटल बन्ने क्रम तीव्र छ । स्वदेशी तथा विदेशी लगानीमा अधिकांश करोडौंका र केही अर्बै लगानीमा होटल निर्माण भइरहेका छन् । होटल निर्माणसँगै पैदल र साइकल ट्रयाक निर्माण पनि गर्न खोजिएको छ । यहाँका अधिकांश डाँडाबाट फेवा, वेगनास, रुपा लगायतका ताल तथा उत्तरमा हिमश्रृंखला सजिलै देख्न सकिन्छ । पर्यटकले हिमाल, ताल र सूर्योदय एकै ठाँउबाट हेर्न मन पराउने भएका कारण कास्कीका डाँडाहरुमा होटल निर्माणले तीब्रता पाइरहेको डल्सिफाई कटेज सराङकोटका सञ्चालक सूर्यप्रसाद तिमिल्सिनाले बताए ।
होटल निर्माणमा आकर्षणले जिल्लाका अधिकांश डाँडाको समेत किनबेच भइसकेको पाइएको छ । केही डाँडा विदेशी नागरिक तथा केही काठमाडौं तथा पोखराका धनाढ्यले आफ्नो स्वामित्वमा लिइसकेका छन् । पछिल्लो १ वर्षमा कास्कीका डाँडाहरुमा करिब ४० होटल बनेको अनुमान छ ।
होटल निर्माणसँगै पर्यटकले डाँडाबाट हिमाल हेर्दा प्रत्यक्ष हिमाल नै चढेको महसुस गर्ने गरेका छन् । त्यस्तै बेसीमा खेती गर्ने र डाँडाहरुमा घर बनाउने नियमलाई पनि त्यसले आत्मसात गरेको देखिन्छ । डाँडामा होटल, घरबास अर्थात भ्यू प्वाइन्ट निर्माण कार्य दृश्यावलोकन र प्राकृतिक दुवै हिसाबले महत्वपूर्ण मानिने ढिकुरपोखरीका स्थानीय महादेव दाहालले बताए ।
डाँडाहरुमा होटल निर्माणसँगै खानेपानी व्यवस्थापनमा भने चुनौती छ । कोरोना प्रभावले समग्र पर्यटन व्यवसाय धरापमा परेको बेला कुनै दिन होटल व्यवसाय पुरानै लयमा फर्कने उनीहरुको विश्वास छ ।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
hero news full width
मुख्य समाचार
एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०बाँदरसँग आजित किसानले गुहारे कानुन मन्त्री, भन्छन् : बाँदर मार्ने कानुन बनाइदेउ
चैत्र १४, २०८०एमाले कास्कीमा नयाँ नेतृत्वका लागि मतदान
चैत्र १३, २०८०कास्की कारागारमा आँखा शिविर, १ सय ८८ जनाको आँखा परीक्षण
चैत्र १३, २०८०