टाइगर कप भलिबल : कसले मार्ला बाजी ?

उपाधिका लागि पुरुषतर्फ गण्डकी र आर्मी, महिलातर्फ सशस्त्र र नेपाल पुलिस भिड्दै

आदर्श समाज सम्वाददाता
माघ ३०, २०७७
Volleyball Photo 30

टाईगर कप भलिबल अन्तर्गत बिहीबारको खेलमा एपिएफ विरुद्ध बल हान्दै गण्डकी प्रदेशका खेलाडी तस्बिर : राम गुरुङ

पोखरा ।
पोखरा रंगशालामा जारी प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत फाइनल शनिबार हुँदैछ ।

फाइनलमा पुरुषतर्फ गण्डकी प्रदेशले त्रिभुवन आर्मीको सामना गर्नेछ भने महिलातर्फ एपिएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको चौथो दिन शुक्रबार भएको पहिलो खेलमा गण्डकी प्रदेशले एपीएफलाइ ३–० को सोझो सेटमा हराएर फाइनल प्रवेश गरेको हो । गण्डकीको जितमा २५–२१, २९–२७ र २५–१५ को जित निकालेको हो । गण्डकी प्रतियोगितामा ६ अंकका साथ फाइनल प्रवेश गरेको हो ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो । आर्मीको जितमा २६–२४, २५–२२ र २५–१४ को नजिता थियो । २ खेल जितेको आर्मी ६ अंक बटुल्दै सेटको आधारमा पहिलो स्थानमा छ ।

महिला तर्फ भने न्यु डायमन्डलाई एपिएफले ३–० को सोझो सेटमा पराजित गरेर नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने भएको हो । एपिएफले २५–२१, २५–२१ र २५–२३ को सेटमा न्यु डायमन्डलाई पाखा लगाएको हो । समान ५ अंक भए पनि सेटको आधारमा एपिएफ अघि बढेको हो । यस अघि नै २ खेल जितेको नेपाल पुलिस क्लब ६ अंकसहित फाइनल प्रवेश गरिसकेको छ ।

राउन्ड रोबिन लिगको आधारमा भएको प्रतियोगितामा पुरुषतर्फ आर्मी पहिलो, गण्डकी प्रदेश दोस्रो, पुलिस तेस्रो र एपिएफ चौथो स्थानमा छ । महिलातर्फ नेपाल पुलिस क्लब पहिलो, एपिएफ दोस्रो, न्यु डायमन्ड तेस्रो र आर्मी चौथो स्थानमा छ । तालिकाको पहिलो र दोस्रो स्थानमा हुने टिम प्रतियोगितामा उपाधिका लागि भिड्ने ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान १ लाख ५० रुपैयाँ हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले ७५ हजार र तृतीयले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिए ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width