पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानले थाल्याे डिजिटल मार्केटिङ तालिम

आदर्श समाज सम्वाददाता
माघ ३०, २०७७
tewan

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानको आयोजनामा डिजिटल मार्केटिङ तालिम बिहीबार सुरु भएको छ ।

नेपाल टुरिजम बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीले प्रविधिसँग खेल्न सक्यो भने व्यवसायमा राम्रोे र फाइदा हुने बताए । उनले परिवेश अनुसार सोसियल मिडियाको प्याल्टफर्म रहेको बताए ।

पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र पौडेलले अहिले जति सिक्यो पछि पक्कै पनि उपलब्धि हुने र सहयोग पुग्ने बताए ।
पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार लक्की कार्की क्षेत्रीले सोसियल मिडिया सही प्रयोगमात्र मार्केटिङ व्यवसाय अघि बढ्ने बताइन् ।
संस्थाका अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका सदस्य तथा कार्यक्रम संयोजक अनिता खड्का भट्टराई र सञ्चालन महासचिव शोभा पाण्डेले गरेकी थिइन् ।

नेपाल पर्यटन बोर्डका सहयोगमा भएको तालिम २ दिनसम्म चल्नेछ । तालिममा ७० जनाको सहभागिता रहेको छ ।
तालिम प्रशिक्षक उज्वल पौडेल छन् ।

Related News

सम्बन्धित समाचार

  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…
  • छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    बलेवा (बागलुङ) ।  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी…
  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…

hero news full width