लमजुङकाे दोर्दीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ३ घाइते

आदर्श समाज सम्वाददाता
माघ ३०, २०७७
lamjung accident

पाेखरा ।  लमजुङको दोर्दी गाउँपालिकाको चौताराडाँडामा बिहीबार साँझ जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।

दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर प्रदेश ३–०१–०२२ च १३८३ नम्बरको जिप बिहीबार साँझ सवा ५ बजेतिर ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो।

दुर्घटनामा आयोजनामा कार्यरत २ जना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन्।

धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका छन्।

विद्यार्थीहरू स्कुल बिदा भएपछि गाउँ जान जिप चढेका थिए।

घाइतेहरूको सदरमुकाम बेंसीसहरस्थित लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा अस्थायी प्रहरी चौकी कीर्तिपुरको प्रहरी टोली, नेपाली सेना र स्थानीयले घाइतेको उद्धार गरेका थिए।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी नेतृत्वको टोली घटनास्थल खटाइएको थियो।

Related News

सम्बन्धित समाचार

    • संक्रमित खोज्न वडा तहमा एन्टिजेन

      सविन लामिछाने असार ७, २०७८
      दमौली । शुक्लागण्डकी ७ का ३५ वर्षीय पुरुषले वडास्तरमा खटिएको स्वास्थ्यकर्मीको टोलीसमक्ष स्वाब दिए । एन्टिजेनमार्फत गरिएको परीक्षणमा रिपोर्ट भने…
    • सत्ता किचलोले बजेटमा विलम्ब

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      पोखरा । गण्डकीमा अहिले सत्ता किचलो बढी छ । संविधानको धारा १६८ (५) अनुसार गठित कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले जेठ…
    • २३ करोडको रामायण पार्क बन्ने

      साधन राम्जाली असार ७, २०७८
      म्याग्दी । बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको…
    • कास्कीमा निषेधाज्ञा खुकुलो, जोरबिजोर आधारमा निजी गाडी चल्ने

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा, ६ असार । कास्कीमा विभिन्न सेवा खुकुलो पार्दै निषेधाज्ञा अवधि एक साता बढाइएको छ । जसमा निजी सवारीसाधन जोरबिजोर…
    • प्रदेश नीति तथा योजना आयोगमा तनहुुँका काफ्ले

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले…

    hero news full width

    sanil ads

    wordlink ads