पोखरा। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा फागुन १ मा १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । सोको आवश्यक तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जनायो ।
मञ्च अध्यक्ष तेज गुरुङले विश्वमा विभिन्न मुलुकमा सिटी म्याराथनको अवधारणको विकास भइरहेको र त्यसका माध्यमबाट पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसाथ कोभिडको प्रभावबीच पनि निरन्तरता दिइएको बताए ।
मुलुकको खेलकुद विकासमा सहयोग पु¥याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृति विकास गर्ने मञ्चको उद्देश्य रहेको उनले प्रष्ट पारे ।
प्रतियोगिताका लागि विभिन्न देशमा रहेका नेपालका विभिन्न संघसंस्थाहरुमध्ये पोखरेली मञ्च युके, सहारा युके, हङकङ नेपाली समाज, अमेरिकास्थित बोस्टनमा बसोबास गर्नेहरुले सहयोग गरेको उनले बताए ।
यसपालिको प्रतियोगिता विभिन्न मितिमा चरणबद्ध हुनेछ । पहिलो दिन शनिबार म्याराथन (४२.१९५ किमी) सहित यसपालि समेटिएको हाफ म्याराथन (२१ किमी) हुनेछ ।
त्यस्तै, महिला र पुरुषको ह्वीलचियर दौड फागुन २२ मा, १० किमी दौड चैत १४ मा र ५ किमीको दौड बैशाख ४ मा हुनेछ । १० किमी र ५ किमी दौडमा महिला पुरुष दुवै सहभागी हुन पाउने छन् ।
म्याराथनमा पोखरा महानगरका वडा १ देखि १७ सम्मका वडा समेटिएको रुट तय गरिएको छ । रुट पर्ने चोकहरुमा स्थानीय संघ–संस्था, आमा समूह र सांस्कृतिक समूहले आ–आफ्नो भेषभूषा, पञ्चेबाजा, भजन चुड्कासहित धावकलाई स्वागत गर्ने कार्यक्रम छ ।
धावक दौडने रुटमा अतिआवश्यक बाहेक अन्य सार्वजनिक र निजी यातायात सेवा सञ्चालन रोक्ने प्रतिबद्धता यातायात व्यवसायले गरेका छन् ।
म्याराथनका विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सान्त्वनालाई २५ हजार प्रदान गरिनेछ ।
महिलामात्र धावक रहने हाफ म्याराथन विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वताले १५ हजार पाउने छन् ।
आयोजकले प्रतियोगिता सञ्चालन गर्न कुल ५० लाख रुपैयाँ बढी खर्च हुने अनुमान गरेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सुजल डेरीको उत्पादन सफल दूध हो ।
Related News
सम्बन्धित समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७