केन्द्रीय कारागारका २ हजार ७ सय  कैदीबन्दीलाई कोरोना खोप

रासस
माघ २९, २०७७
Vaccine

काठमाडाैं । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो ।

केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिनुभयो । “कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र विरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ”, राईले भन्नुभयो ।

विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ ।

उक्त अस्पतालको क्षमता ३० शय्याको रहेको छ । मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये कोरोना सङ्क्रमणका कारण सातको मृत्यु भएको सूचना अधिकारी राईले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width