दमौली । जिल्लाको व्यास नगरपालिकाले व्यासको वडा नं ६ लाई २ वटा वडामा विभाजन गर्ने भएको छ । व्यास नगरपालिकाको हिउँदे नगर सभाले उक्त वडालाई २ वडामा विभाजन गर्ने प्रस्ताव सर्वसम्मत पास गरेको हो ।
साविक स्याम्घाको वडा नं १,२,३ र ४ लाई १ वडा बनाउने र वडा नम्बर ५,६,७,८ र ९ लाई अर्को वडा बनाउनका लागि प्रदेश सरकार हुँदै संघीय सरकार समक्ष पठाउने निर्णय भएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । व्यास ६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले नगरपालिकाकै भूगोलमा ठूलो र विकट रहेकाले वडा विभाजन आवश्यक देखिएको बताए । उनले भने, ‘वडाको विकासको लागि अति आवश्यक हो । ग्रामीण भेग भएकाले सेवा दिन धेरै समस्या भइरहेको छ । उनले अघि भने, ‘भूगोल नमिलेकाले वडाबासीले सहज रुपमा सेवा लिन पाएका छैनन् ।’ नगरप्रमुख न्यौपानेका अनुसार साविक स्याम्घाको वडा नं १ देखि ४ को केन्द्र सिसाघाट र वडा नं ५ देखि ९ को केन्द्र स्याम्घा हटिया बनाइने भएको छ ।
भूगोल नमिलेकाले वडाबासीले सहज रुपमा सेवा लिन पाएका छैनन्
नगरसभाले व्यास ८ को कोटथोक गाँउलाई वडा नं ७ मा, व्यास ९ को छापलाई व्यास ११ मा र व्यास ११ को पालगाउँलाई व्यास ९ मा गाभ्ने निर्णय गरेको छ । वडा सिमाना हेरफेरका लागि उपप्रमुख मीरा जोशीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
समितिको प्रतिवेदन साथै सर्वदलीय बैठकको निर्णय बमोजिम नगरपालिकाको आन्तरिक तथा छिमेकी गाउँपालिका तथा नगरपालिहरुका आंशिक क्षेत्रहरु समेत हेरफेर हुने गरी यस नगरपालिकाका विभिन्न वडाहरुको सिमाना हेरफेर तथा वडा विस्तार गर्ने निर्णय गरेको हो । नगरसभाले छिमेकी पालिकाका वडाका केही भागलाई व्यासमा समावेश गर्न सम्बन्धित स्थानीय तहमा प्रस्ताव पठाउने निर्णय समेत गरेको छ । भानु नगरपालिका वडा नं १३ को टुटेपानीलाई व्यास ८ मा, भानु ६ मुलपानीका २ वटा टोललाई व्यास १२ मा र बन्दीपुर गाउँपालिका ३ को तानुङभन्दा परको २ गाँउलाई व्यास १४ मा गाभ्ने प्रस्ताव गरेको छ
।
नगर सभाले चालु आर्थिक वर्ष २०७७÷०७८ को संशोधित नीति तथा कार्यक्रमको समीक्षा प्रतिवेदन पारित गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को संशोधित बजेट तथा कार्यक्रम १ अर्ब ५७ करोड २७ लाख १२ हजार लाई यथावत कायम गरी संशोधित आयमा संघ सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने २ करोड २८ लाख १९ हजार थप गरी आन्तरिक आयमा सोही बराबरको घटाइएको छ । चालु आर्थिक वर्ष ७७/७८ को संशोधित आर्थिक विधेयक २०७७ समेत पारित भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को संशोधित विनियोजन विधेयक २०७७ पनि पारित भएको छ ।
Related News
सम्बन्धित समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
hero news full width
मुख्य समाचार
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७