समाजमा नैतिकताको खडेरी : प्रमुख सचिव नेपाल

आदर्श समाज सम्वाददाता
माघ २८, २०७७
Akhtiyar Photo 2

पोखरा । समाजमा नैतिकताको खडेरी परेको गण्डकी प्रदेशका मुख्य सचिव विष्णुप्रसाद नेपालले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार प्रमुख सचिव नेपालले नैतिकताको खडेरी भएकै कारण समाजमा भ्रष्टाचार बढको तर्क दिएका थिए । भ्रष्टाचार बढेकोमा चिन्ता व्यक्त गर्दै उनले नागरिक अभियान्ता र नागरिक समाज सजग र चनाखो भएर लाग्नुपर्ने धारणा राखे । सदाचार, निष्पक्षता र निर्भीकतालाई प्रवद्र्धन गर्न सकेमा आयोगको स्थापना दिवस मनाउनुको सार्थकता रहने उनको भनाइ थियो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जिल्लामा आएको भ्रष्टचारका गुनासालाई प्रशासन र आयोग मिलेर काम गर्नुपर्ने धारणा राखे । नागरिक समाज र प्रशासनसँग आयोगले मिलेर काम गर्न सकेमा छिटो निचोडमा पुग्न सकिने उनको भनाइ थियो । भ्रष्टाचारको विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष तीलक पराजुलीले राजनीतिक क्षेत्रबाट हुने भ्रष्टाचार अहिलेको मुख्य चुनौती भएको कारण यसकाविरुद्ध नागरिक समाज कडा रुपमा लागेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराका प्रमुख विपीन आचार्यले विकास विकेन्द्रित हुँदा भ्रष्टचार पनि विकेन्द्रित भएको बताए । ‘जब प्रदेश र स्थानीय तहमा बजेट विनियोजन हुन थाल्यो, अनि भ्रष्टाचारका उजुरी बढ्यो,’ उनले भने, ‘संघीयता विकेन्द्रित हुँदा भ्रष्टाचार पनि विकेन्द्रित भयो कि भन्ने हो ।’ लकडाउनका बीचमा पनि भ्रष्टाचार बढेकोमा उनको गुनासो थियो । प्रदेशमा गतवर्षको तुलनामा यो वर्ष बढी भ्रष्टाचारका उजुरी दर्ता भएका छन् । नागरिक सचेनताका कारण पनि उजुरी बढी परेको हुन सक्ने उनको तर्क छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा निवन्ध प्रतियोगितामा उत्कृृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । स्थापना दिवसका अवसरमा आयोगले ‘राष्ट्र निर्माणमा सदाचार र सुशासन’ विषयमा प्रतियोगिता गरेको थियो ।

६७ विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा मातृभूमि मावि, स्याङ्जाका मेहबुब आलम प्रथम भएका थिए । उनलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । प्रतियोगितामा पोखराको करुणनिधि एजुकेसन फाउनडेसनकी यशोदा चापागार्इं द्वितीय, वाराही मावि पोखराकी विनीता सेन्चुरी तृतीय र नरोदय मावि गल्याङ स्याङ्जाकी कृतिका सुवेदीले सन्त्वना भएकी थिइन् । उनीहरुलाई क्रमश ः ७ हजार ५ सय, ५ हजार र ३ हजारसहित प्रमाण पत्र दिइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै